back
CTIZAN AD

एनसेलको ‘ननस्टप टाइम प्याक’ अफर

वि.सं.२०७८ माघ १९ बुधवार

744 

shares

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ अफर ल्याएको छ । अब एनसेलका ग्राहकहरूले मोबाइल डाटाको आवश्यकता पूरा गर्न टाइम प्याकहरू लिनसक्ने भएका छन् । जसमा ग्राहकले १५ मिनेट र २ घण्टाका लागि डाटा सेवा लिन सक्नेछन् ।

कम्पनीले पहिले नै एक घण्टा समयावधी भएको डाटा प्याक उपलब्ध गराउँदै आएको छ ।
ग्राहकलाई आफ्नो आवश्यकता अनुरुप सेवा उपलब्ध गराउन यी नयाँ थप दुई नयाँ डाटा प्याक ल्याएको कम्पनीले जनाएको छ ।

यस योजनामा ग्राहकले करसहित १० मा १५ मिनेटको डाटा प्याक लिन सक्छन् । त्यसैगरी, २ घण्टाको डाटा प्याक ३० मा लिन सक्छन् । यी प्याकहरु सुचारु रहेको अवधिमा ग्राहकले १ एमबीपीएसको गतिमा मोबाइल इन्टरनेट सेवा पनि लिन सक्छन् ।

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि वा एनसेल एप, वेबसाइट वा नजिकैको एनसेल आउटलेटबाट यी डाटा प्याकहरू लिन सक्छन् । यदि ग्राहकले प्याकको समयभन्दा बढी डाटा प्रयोग गरेमा कुनै प्याक पहिले नै सुचारु रहेको खण्डमा उक्त प्याकबाट अतिरिक्त डाटा प्रयोगको शुल्क काटिन्छ र त्यस्ता कुनै प्याक सुचारु नरहेको अवस्थामा ‘पे एज यू गो’ को दर अनुसार डाटा शुल्क लाग्दछ । यी टाइम प्याकहरूको अवधि ग्राहकले प्याक सुचारु गरेको समयको आधारमा गणना गरिन्छ ।

वि.सं.२०७८ माघ १९ बुधवार २१:०१ मा प्रकाशित

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...