back
CTIZAN AD

बाढीबाट २८ जनाको मृत्यु

वि.सं.२०७८ माघ २० बिहीवार

738 

shares

साओपाओलो । ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि २८ पुगेको अधिकारीहरुले जनाएका छन् । यहाँ अविरल वर्षासँगै आएको बाढीमा परी २८ जनाको ज्यान गइसकेको उद्धारसम्बन्धी अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार ब्राजिलमा गएका केही दिनदेखि वर्षा कायमै छ । वर्षापछि आएको बाढीका कारण हराइरहेका तीन जना व्यक्तिको बुधबार शव भेटिएको थियो ।

प्राप्त समाचारअनुसार यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ । बाढीका कारण यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ । यहाँका केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण छ दिन यतादेखि जनजीवन प्रभावित बन्दै गएको छ ।

यहाँका अधिकारीहरुले केही स्थानमा सैनिक हेलिकोप्टरहरुले उद्धार गरिरहेको बताएका छन् । केही सहायता समग्री पनि हेलिकोप्टरहरुले पुर्याइरहेका बताइएको छ । उद्धारमा खटिएका अधिकारीहरुले अन्य सात जना व्यक्ति हराइरहेका बताएका छन् । यहाँका मौसम विद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरुले वर्षा र आँधीको पनि सम्भावना रहेको बताएका छन् । ब्राजिलको साओपाओलो राज्य सबैभन्दा बढी प्रभावित भएको बताइएको छ ।
सिन्ह्वा

वि.सं.२०७८ माघ २० बिहीवार १५:४६ मा प्रकाशित

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...