काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेकाले प्रदेश १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली भई केहि स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक वदली रहनेछ । प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भू-भागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
साथै राती पनि प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
वि.सं.२०७८ माघ २२ शनिवार ०८:४९ मा प्रकाशित






























