back
CTIZAN AD

राष्ट्रपति सी र पुटिन बीच बेइजिङ ओलम्पिकमा वार्ता

वि.सं.२०७८ माघ २२ शनिवार

762 

shares

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बेइजिङ शीतकालीन ओलम्पिक शुरु हुनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।

न्यानो र मैत्रीपूर्ण वातावरणमा दुई राष्ट्राध्यक्षहरूले चीन-रूस सम्बन्ध र अन्तरराष्ट्रिय रणनीतिक सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने प्रमुख मुद्दाहरूमा गहन विचार आदानप्रदान गरेको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको जनाइएको छ । राष्ट्रपति सीले पुटिनको भ्रमणलाई “शीतकालीन ओलम्पिकका लागि गेट-टुगेदर” गर्ने प्रतिबद्धताको रूपमा वर्णन गरेका हुन् । उनले शुक्रबारको “वसन्त पर्व बैठक” ले चीन-रूस सम्बन्धमा नयाँ जीवन्तता थप्ने विश्वास समेत व्यक्त गरेका छन् ।

गहिरो र जटिल विकासले भरिएको अन्तरराष्ट्रिय परिदृश्यको प्रतिक्रियास्वरूप चीन र रुसले पारस्परिक सहयोगको रणनीतिक समन्वयलाई अझ बजबुद बनाउन र अन्तरराष्ट्रिय निष्पक्षता र न्यायका लागि काँधमा काँध मिलाएर उभिन प्रतिबद्ध रहेको कुरामा जोड दिए ।

सीले रुससँगको द्विपक्षीय सम्बन्धको राजनीतिक लाभको पूर्ण फाइदा उठाउन र चौतर्फीरूपमा व्यावहारिक सहयोगलाई अझ फलदायी बनाउन चीनको तत्परतालाई जोड दिएका छन् ।

उनले दुवै पक्षले वस्तु तथा सेवा व्यापारको उच्च गुणस्तरीय विकासको रोडम्याप कार्यान्वयन गर्न, कृषि, हरित व्यापार, औषधि तथा स्वास्थ्य, डिजिटल अर्थतन्त्रलगायतका क्षेत्रमा सहयोगलाई प्रगाढ बनाउन र रसदलाई निरन्तरता दिन यातायात पूर्वाधारको अन्तरसञ्जाल बढाउन आवश्यक रहेको बताएका छन् । युरेशियन महादेश र विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खला स्थिर बनाउँन युरेशियन इकोनोमिक युनियनसँग बेल्ट एन्ड रोड सहकार्यलाई थप समन्वय गर्न जोड दिइएको बताइएको छ ।

विगत दुई दशकमा सांघाई सहयोग संगठनले गरेको असाधारण यात्रा र अन्तरराष्ट्रिय समुदायमा महत्त्वपूर्ण रचनात्मक शक्तिको रूपमा यसको भूमिकालाई स्मरण गर्दै सीले ब्रिक्स सहयोग संयन्त्रलाई अझ प्रभावकारी बनाउन रुससँग सञ्चार र समन्वय बढाउन चीनको तत्पर रहेको पनि पनि उल्लेख गर्नुभएको छ । सो अबसरमा दुई नेता बीच बहुपक्षीयतालाई कायम राख्न, कोभिड-१९ विरुद्धको सहयोगलाई सुदृढ गर्न र आर्थिक पुनरुत्थानलाई बढावा दिन भूमिका खेल्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, रुसका राट्ट्रपति पुटिनले ओलम्पिक शीतकालीन खेल बेइजिङ २०२२ को उद्घाटन समारोहमा निमन्त्रणामा उपस्थित हुन पाउँदा खुसी व्यक्त गरेका छन् ।

“मलाई विश्वास छ सावधानीपूर्वक तयारीका साथ, चिनियाँ जनताले विश्वलाई उत्कृष्ट शीतकालीन ओलम्पिक अनुभव प्रदान गर्नेछन्,” पुटिनले भने । “म खेलहरूमा रूसी र चिनियाँ खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको लागि तत्पर छु ।”
राष्ट्रपति पुटिनले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले हासिल गरेको महान् विकासका उपलब्धिका लागि चीनलाई हार्दिक बधाई दिएका छन् ।

सो अवसरमा राष्ट्राध्यक्ष सी र राष्ट्रपति पुटिनले बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा आफ्ना खेलाडीहरूलाई खेलकुदमा राम्रो प्रदर्शनका निम्ति शुभकामना व्यक्त गरेका छन् ।

उद्घाटन समारोहमा राष्ट्रको परेडका लागि ९१ राष्ट्रिय ओलम्पिक समिति (एनओसी) का खेलाडीहरूले बेइजिङ राष्ट्रिय रंगशालामा मार्च गरेका थिए ।

बेइजिङ राष्ट्रिय रंगशाला वा बर्ड्स नेस्ट ओलम्पिक शीतकालीन र ग्रीष्मकालीन खेल दुवैको उद्घाटन समारोह आयोजना गर्ने पहिलो स्थान बनेको छ ।
एएनआई

वि.सं.२०७८ माघ २२ शनिवार १३:१२ मा प्रकाशित

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

टोकियो । अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै...