काठमाडाैं । राप्रपाका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजनकाे तयारीमा जुटेका छन् । उनले साे तयारीअनुसार नै चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा बेग्लै भेला गरेका छन् ।
सोमबार दिउँसो सुरु भएको भेलामा महाधिवेशनमार्फत चयन भएका उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू पनि सहभागी छन् ।
महाधिवेशनमा पराजित भएका थापाले बेग्लै पार्टी खोल्नका लागि भेला आयोजना गरेको बुझिएको छ ।
थापाले राप्रपामा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई दुईपटक पत्र लेखिसकेका छन् । उनले पत्रमार्फत निर्मल निवासबाट भएकाे हस्तक्षेपकाे छानबिन नगरे पार्टी विभाजन हुने बताउँदै आएका छन् ।
वि.सं.२०७८ माघ २४ सोमवार १३:५५ मा प्रकाशित






























