काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।
आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने उक्त बैठकमा स्थानीय निकायको निर्वाचनको मिति तोक्न सकिने बताइएको छ ।
निर्वाचन आयोगले यसअघि आगामी जेठ ४ गते निर्वाचनको मिति घोषणा गर्न गरेको प्रस्ताव तथा राजनीतिक दलहरुले समेत समयमै स्थानिय निकायको चुनाव गर्नका लागि मिति तोक्न दिएको दवावका वीच आज बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तोक्ने सम्भावना रहेको बताइएको छ ।
निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह अनुसार जेठ ४ गतेका लागि स्थानीय निकायको निर्वाचनको मिति प्रस्ताव गरेको छ ।
प्रत्येक साताको सोमवार र विहीवार बस्ने मन्त्रिपरिषद्को बैठक यसअघिको विहिवार भने बस्न सकेको थियो । निर्वाचनका विषयमा सत्तारुढ गठबन्धन दलभित्रै सहमतिको वातावरण नहुँदा बैठक नै बस्न सकेको थिएन ।
प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपीसहित तीन शिर्ष नेतत्वको बैठकमा निर्वाचनको विषयमा छलफल भएको थियो । बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कील सोमबारको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्ने जानकारी दिएका थिए ।
यद्यपी प्रमुख प्रतिपक्षी दल दल एमाले र कांग्रेसले जेठमै निर्वाचन गर्नुपर्ने बताउँदै आए पनि नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीले भने तीनैतहको निर्वाचन एकैपटक गर्ने र मंसिरपछि गर्ने प्रस्ताव राख्दै आएका छन् ।
वि.सं.२०७८ माघ २४ सोमवार १३:४८ मा प्रकाशित






























