२५ माघ, काठमाडौँ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
वि.सं.२०७८ माघ २५ मंगलवार ११:०५ मा प्रकाशित


























