back
CTIZAN AD

खोप लगाएका यात्रुको कोभिड परीक्षण प्रावधानलाइ हटाउने तयारीमा फ्रान्स

वि.सं.२०७८ माघ २६ बुधवार

618 

shares

पेरिस । फ्रान्सले खोप लगाएका युरोपेली सङ्घ बाहिरका यात्रुका लागि चाँडै नै कोभिड सङ्क्रमण भएको वा नभएको परीक्षण गर्नुपर्ने प्रावधानलाई छिट्टै हटाउने भएको छ ।

दैनिक रूपमा सङ्क्रमणको सङ्ख्या घट्दै गएपछि फ्रान्सले यस प्रावधानलाई क्रमशः खुकुलो पार्दै हटाउन लागेको युरोप मामिला मन्त्री क्लेमेन्ट बेउनले मङ्गलबार बताएका हुन् ।

“डिसेम्बर महिनामा फेरि हामीले ओमिक्रोन भेरिएन्टको परीक्षण गर्नुप¥यो । आगामी दिनहरूमा हामी खोप लागेका मानिसहरूका लागि परीक्षणको आवश्यकता छैन भनेर घोषणा गर्नेछौँ,” बेउनले फ्रान्स–२ टेलिभिजनसँग बताए ।

हाल बेलायतलगायत ईयू बाहिरबाट आउने जो कोहीले पनि खोपको स्थिति जस्तोसुकै भएपनि ४८ घण्टा पहिले कोभिड सङ्क्रमण परीक्षण गरेको रेकर्ड देखाउनुपर्ने भएको व्यवस्था छ ।

“यो हप्ता सम्भवतः सजिलो उपायका साथ, युरोप बाहिरबाट आइपुगेका खोप लगाएका मानिसहरूका लागि एउटा नयाँ युरोपेली नियम बन्नेछ,” उनले थपे ।

युरोपेली सरकारका सदस्यहरू विशेष गरी युरोपेली समूह राष्ट्रभित्रको सिमाना पार गर्ने मानिसहरूका लागि आफ्नो यात्रा नियमहरू अझ राम्रोसँग समन्वय गर्न जनवरी २५ मा सहमत भएका हुन् ।

ओमिक्रोन वृद्धिले इटाली र डेनमार्कले युरोप क्षेत्रका बासिन्दाहरूलाई पनि प्रवेश गर्नका लागि हालसालै कोभिड परीक्षण सङ्क्रमण नभएको पुष्टि गर्ने कागजात पेस गर्ने प्रावधानलाई लागू गरेका थिए ।

उनीहरूले आफ्नो मुलुकमा प्रवेशका लागि राखेका नयाँ प्रावधानहरूका साथै खोप प्रमाण लागू गर्न उत्प्रेरित गरेपछि यस निर्णयले ब्रसेल्सका अधिकारीहरू बेखुसी बनेका थिए । यद्यपि यसलाई पछि अन्य युरोपेली मुलुकहरूले पनि नक्कल गरेका थिए ।

फ्रान्सेली अधिकारीहरूले यस महिनामा कोभिड प्रतिबन्धको शृङ्खला हटाउन थालेका छन् । फ्रान्समा फेब्रुअरी १६ देखि अवरूद्ध बनेका रात्रिक्लबहरू कन्सर्ट र खेलका साथसाथै बारलाई पुनः खोल्ने तयारी गरिरहेको छ ।

सोमबार फ्रान्समा ४६ हजारभन्दा बढी सङ्क्रमित भएको पुष्टि गरिएको थियो । यसै वर्षको जनवरीको मध्यतिर प्रतिदिन चार लाख ६५ हजारभन्दा बढी सङ्क्रमणहरूको रेकर्ड गरेको फ्रान्समा ४६ हजार सङ्क्रमित हुनुलाई सामान्य मानिन थालिएको छ ।एएफपी

 

वि.सं.२०७८ माघ २६ बुधवार ०८:५६ मा प्रकाशित

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

टोकियो । अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै...

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

किन्शासा ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या...

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

पेरिस  । युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीको...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...