back
CTIZAN AD

दोस्रो एकदिवसीयमा भारत ४४ रनले विजयी, प्रसिद्ध कृष्णको घातक बलिङ्ग

वि.सं.२०७८ माघ २७ बिहीवार

702 

shares

२७ माघ, काठमाडौँ । भारत र वेस्टइंडिज बिचको दोस्रो एकदिवसीयमा भारतले ४४ रनले जित हासिल गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर २३७ रन बनाएको थियो । भारतका लागि ब्याटिङ्गमा सूर्याकुमार यादवले सर्वाधिक ६४ रन बनाएका थिए भने वेस्टइंडिजका लागि बलिङ्गमा ओडियन स्मिथ र अल्जारी जोसेफले सर्वाधिक २/२ विकेट हात पारेका थिए ।

२३८ रनको लक्ष्य पछाएको वेस्टइंडिजको टिम ४६ ओभरमा १९३ रन बनाएर अलआउट हुन पुगेको थियो । वेस्टइंडिजका लािग ६ खेलाडीले मात्र दोहोरो अकंमा रन जोड्न सफल भएका थिए । । वेस्टइंडिजका लागि शाई होपले २७ , ब्रान्डन किंगले १८ ,शमारह ब्रुक्सले ४४, अकेल होसेनले ३४, फेबियन एलेनले १३ र फेबियन एलेन २४ रन बनाएका थिए । भारतका लागि बलिङ्गमा प्रसिद्ध कृष्णले ९ ओभरमा १२ रन खर्चेर सर्वाधिक ४ विकेट हात पारेका थिए । त्यसैगरी सार्दुल ठाकुरले २ र मोहम्द सिराज, युजवेन्द्र चाहल, वाशिंगटन सुन्दर र दिपक हुड्डाले समान १/१ विकेट लिएका थिए ।

जितसँगै भारतले ३ खेलको एकदिवसीय श्रृखला १ खेल बाँकी रहदैँ आफ्नो नाममा गरेको छ ।

वि.सं.२०७८ माघ २७ बिहीवार १०:२५ मा प्रकाशित

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...