back
CTIZAN AD

बेलायतले भन्यो-तनाव कम गर्न रूसले युक्रेनको सीमाबाट फौजलाई पछि हटाउनुपर्छ

वि.सं.२०७८ माघ २८ शुक्रवार

660 

shares

मस्को । मस्कोले आक्रमण गर्ने योजना बनाएको आशङ्काका कारण रुस र पश्चिमबीचको तनाव कम गर्न रुसले यूक्रेनसँगको सीमाबाट सेना हटाउनुपर्ने बेलायतले बिहीबार जनाएको छ ।

बेलायती विदेशमन्त्री लिज टु«सले मस्कोमा आयोजित प्रेस सम्मेलनमा भने, “हामीले युक्रेनी सीमामा रहेका फौज र उपकरणहरू अन्यत्र सरेको देख्नु आवश्यक छ किनभने अहिले यो एकदमै खतरनाक सुरक्षा चासोको अवस्था बनेको छ ।

टु«सले युरोपेली सुरक्षा र यूक्रेनको तनावबारे मस्को र पश्चिमका अधिकारीहरूबीच हप्तौंको गहन वार्ताको पछिल्लो समयमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गरेका छन् ।

मस्कोमा भएको वार्तापछि ट्रुसले भने, “लाभरोभसँगको मेरो छलफलले सकारात्मक सन्देश दिएको छ । उहाँले रूसको युक्रेनमा आक्रमण गर्ने कुनै योजना नभएको बताउनुभयो तर हामीले ती शब्दहरू पछ्याउनु आवश्यक छ ।”

रूसले आफ्नो पूर्व सोभियतकालिन भूभागमा रहेको छिमेकी यूक्रेन वरिपरि करिब एक लाख सेना तैनाद गरेपछि युक्रेनमा पृथकतावादी द्वन्द्व चर्काउने तयारी भइरहेको पश्चिमी राजधानीका नेताहरुले चेतावनी दिँदै आएका छन् ।

लाभरोभले संयुक्त प्रेस सम्मेलनमा संवाददाताहरूलाई आफू वार्ताबाट ‘निराश’ भएको कुरा बताए । रूसी गुनासोहरू दोहो¥्याउँदै रूसको आफ्नो सुरक्षाको चिन्ता प्रकट गरेका उनले भने ।
उनले भने, “मैले महसुस गरें कि या त हाम्रा राष्ट्रपतिले दिएका स्पष्टीकरणहरूबारे हाम्रा सहकर्मीहरूलाई थाह थिएन वा तिनीहरूले ती व्याख्याहरूलाई पूर्णतया बेवास्ता गरिरहेका छन् ।”

युक्रेनको सिमानामा रहेको बेलारूसमा रूसी र बेलारूसी फौजबीच ठूलो सैन्य अभ्यास सुरु हुँदा विदेश मन्त्रीहरूबीचको भेट भएको हो ।एएफपी

वि.सं.२०७८ माघ २८ शुक्रवार ०९:२७ मा प्रकाशित

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...