back
CTIZAN AD

कोरोनाका कारण पर्यटनक्षेत्र थलिएपछि यस्तो योजना ल्यायो श्रीलंकाले

वि.सं.२०७८ माघ २८ शुक्रवार

648 

shares

कोलोम्बो ।  श्रीलङ्का पर्यटन विकास प्राधिकरणले कोभिड–१९ महामारीबीच श्रीलङ्कालाई सुरक्षित विवाह गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने योजना अघि बढाइएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् ।

यस कदमले राष्ट्रको सबैभन्दा प्रभावित मानिएको पर्यटन उद्योगलाई उत्थान गर्न मात्र नभई महामारीबाट प्रभावित घटना व्यवस्थापन, फेसन डिजाइन र अन्य सहयोगी क्षेत्रहरूलाई पनि सुदृढ पार्ने बताइएको छ ।

प्राधिकरणका अध्यक्ष किमार्ली फर्नान्डोलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले यस प्रयासलाई सहयोग पु¥्याउन छिट्टै काम थालिने जनाएका उल्लेख गरेका छन् ।

विदेशी नागरिकका लागि श्रीलङ्कामा विवाह गरेको अनुभव सहज होस् भनेर कार्यक्रम व्यवस्थापन कम्पनी, विवाहका योजनाकार, फोटोग्राफर, फेसन डिजाइनर र अन्यलाई एक मञ्चअन्तर्गत सूचीकृत गर्ने प्रयास गरिने र यसका लागि छुट्टै ‘म्यारिज पोर्टल’ को स्थापना गरिने फर्नान्डोले बताएका छन् ।

श्रीलङ्काको पर्यटन प्रधिकरणले पनि भारत, माल्दिभ्स र पाकिस्तान जस्ता क्षेत्रका देशसँगको आफ्नो सम्बन्धलाई बलियो बनाउँदै राष्ट्रलाई विवाहको गन्तव्यका रूपमा प्रोत्साहन गर्ने बताइएको छ ।

‘विवाह गन्तव्य बजार’ले सन् २०३१ सम्ममा २९० अरब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको स्थानीय बजार विश्लेषकहरूले जनाएका छन् । सिन्ह्वा

 

वि.सं.२०७८ माघ २८ शुक्रवार ०९:२२ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...