back
CTIZAN AD

स्थानीय तहका आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या

वि.सं.२०७८ माघ २८ शुक्रवार

1K 

shares

सर्लाही । यहाँका २० मध्ये ११ स्थानीय निकायको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । जिल्लाका मलङ्गवा, लालबन्दी, हरिपुर्वा, बलरा, गोडैता तथा कविलासी नगरपालिका र चक्रघट्टा, रामनगर, विष्णु तथा बसबरिया गाउँपालिकाले भाडाका भवनबाट सेवा प्रदान गरिरहेका छन् ।

स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्नै लाग्दा पनि नगरपालिका तथा गाउँपालिकामा भौतिक संरचनाकै अभाव छ । जिल्लाका २० स्थानीय तहमध्ये केहीले आफ्नै भवन बनाउन थालेको भए पनि केहीको भौतिक संरचना बनाउन जग्गा अभाव, भवन निर्माणको विवादलगायतका कारण भाडाका संरचनाबाट कार्यालय सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या भएको जनप्रतिनिधिले गुनासो गरेका छन् ।

जिल्लाका केही स्थानीय निकायले आफ्नै भवन निर्माण गरेर सेवा सुरु गरिसकेका छन् भने केही स्थानीय निकायका भवन निर्माणाधीन अवस्थामा छन् । केही स्थानीय निकाय साविकका गाविस भवनबाट सेवा प्रवाह गरिरहेका छन् । जिल्लाका ईश्वरपुर, हरिपुर, हरिवन, बरहथवा र बागमती नगरपालिका तथा धनकौल, ब्रम्हपुरी, कौडेना र पर्सा गाउँपालिकाले नयाँ भवन निर्माण गरेर तथा साविकका गाविस भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।

स्थानीय निकायका आफ्नै भवन नहुँदा सेवा प्रवाहमा कुनै न कुनै रूपमा समस्या भइरहेको चक्तघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम राय यादवले बताए । सो स्थानीय निकायमा पनि जग्गा विवादका कारण निर्माणाधीन भवनको काम रोकिएको छ । भौतिक संरचनाको अभावका कारण गुणस्तरीय सेवा प्रवाह गर्न नसकिएको मलङ्गवा नगरपालिकाका नगरप्रमुख निरसल साहले बताए ।

लालबन्दीका नगरप्रमुख मानबहादुर खड्काका अनुसार जिल्लाका केही स्थानीय निकायले पहिलाका गाविसका भवनमा कार्यालय राखेर सेवा प्रवाह गरिरहेका छन् । पहिला गाविस हुँदा निर्माण भएका भवन पनि पुराना तथा साना भएका छन् । सो कारण सेवा प्रवाहमा निकै समस्या भएको जिल्लाका जनप्रतिनिधिले बताएका छन् ।

स्थानीय निकायका आफ्नै भवन नहुँदा भाडामा सञ्चालन गरिएका कार्यालयका लागि स्थानीय निकायले वर्षेनी लाखौँ रकम भाडामै खर्च गर्नुपरेको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले बताए ।

वि.सं.२०७८ माघ २८ शुक्रवार ११:१९ मा प्रकाशित

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...