back
CTIZAN AD

‘काउण्टर जवाफ’ दिन्छौं भन्दै तात्तिएको एमाले किन हच्कियाे ?

वि.सं.२०७८ फागुन २ सोमवार

663 

shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्व ल्याइएको महाभियोगको प्रस्तावको तत्काल कुनै काउण्टर जवाफ नर्फकाउने भएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकले तत्काल यसबारे कुनै काउण्टर जवाफ नर्फकाउने निर्णय गरेको हो ।

बैठक पछि बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले अझै थप छलफल पछि मात्रै निष्कर्ष निकालिने बताए । उनका अनुसार प्रधानन्यायाधीशको विषयमा एमालेको शीर्ष नेताहरुले बैठक बसेर निर्णय लिइनेछ ।

“आवश्यक परेको ठाउँमा नेकपा (एमाले) सडक, सदन र अदालतबाट पनि जवाफ फर्काउँछ, जेजसरी महाभियोग ल्याइएको छ यसबारे उच्चस्तरीय नेतृत्वबाट के गर्ने निर्णय गर्छौं, त्यसले निकालेको निष्कर्षको आधारमा एमाले अगाडि बढ्छ”, भट्टराईले भनेका छन् ।

भट्टराईलाई धेरै सञ्चारकर्मीहरुले “महाभियोगको प्रस्ताव आएसँगै अनौठो गरि तात्तिएको एमाले किन सेलायो ? भनेर प्रश्न तेर्साएका थिए । तर, उनले सो विषयमा जवाफ नै फर्काएनन् ।

सांसदहरुको जवाफ पछि तात्तिएका ओली सेलाए

संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पक्षमा हिँड्न नहुने सुझाब पार्टी नेतृत्वलाई दिएका थिए । राणालाई बोक्दा जनतामा एमालेको इमेज नै धुलिसात हुने चिन्ता धेरै सांसदहरुले राखेका थिए ।

बैठकमा बोल्दै एमाले सांसद घनश्याम भुसालले चोलेन्द्रकै कारण न्यायालय बदनाम भएको बताए । “चोलेन्द्रलाई बोकेर पार्टी उभोँ लाग्दैन, यो मुद्दामा निर्णय लिन जरुरी छैन”, भुसालले भनेका थिए, “जसले न्यायालयलाई बदनाम गरायो उसको पछि लागेर एमाले धुलिसात हुन्छ ।”

बैठकमा घनश्याम भुसाल र भीम रावलसहित बोल्ने अधिकांश सांसदले राणाको पक्षमा उभिन नहुने बताएका थिए । सांसदहरुको जवाफ पछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले राणालाई बोक्ने नियत नरहेको बताएका थिए । जुन नियतका साथ महाभियोग आयो त्यो गलत भएको उनको भनाई थियो ।

यसअघि ओलीको सचिवालय र उनी अति निकटस्थ नेताहरुले संसदीय दलको बैठकबाट काउण्टर जवाफको निर्णय लिने बताएका थिए । महाभियोग प्रस्ताव ल्याइएको बारे एमाले नेता विष्णु रिमालले सामाजिक सञ्जालबाटै काउण्टर जवाफ आउने कुरा स्वभाविक भएको बताएका थिए ।

“गठबन्धन भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ, ढुंगा सर्वोच्चमा बज्रिएको छ, भनिन्छ नि फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्केल एण्ड अपोजिट रियाक्सन ! हात छोड्नेले सोंचेरै त हात छाडेका होलान् नी ?”, उनले भनेका थिए ।

वि.सं.२०७८ फागुन २ सोमवार १५:४८ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...