back
CTIZAN AD

आज थपिए ७४७ कोरोना संक्रमित, ८ जनाको मृत्यु

वि.सं.२०७८ फागुन २ सोमवार

801 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६९६ नमुना परीक्षणमा ७४७ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका ७४७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ११ हजार २१८ पुगेको छ ।

आज काठमाडौंमा १८१ भक्तपुरमा १५ र ललितपुरमा ३० गरी जम्मा २२६ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २,३१९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २,३१९ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ४० हजार ९०२ पुगेको छ ।

नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ८ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०० पुगेको छ ।

त्यसैगरी हाल देशैभरी २० हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा १९ हजार ९३० जना र संस्थागत आइसोलेशनमा ८०९ जना रहेका छन् । ती मध्ये आइसीयुमा १७८ र भेन्टिलेटरमा ३४ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी नेपालमा आज २ लाख १६ हजार ११८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भययता ३ करोड ५५ लाख ३१ हजार ८३३ मात्रा खोप लगाइसकिएको छ । ती मध्ये १ करोड ८२ लाख ६१ हजार १६५ जनाले पहिलो मात्रा र १ करोड ६५ लाख २५ हजार १५५ जनाले पूर्णमात्राको खोप लगाएका छन् । साथै ७ लाख ४५ हजार ५१३ जनाले अतिरिक्त मात्राको खोप लगाएका छन् ।

कोरोनाबाट थप १० जनाको मृत्यु, ५२१ जनामा संक्रमण

 

वि.सं.२०७८ फागुन २ सोमवार १६:५१ मा प्रकाशित

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...