३ फागुन, काठमाडौँ । सेयर बजार (नेप्से) मा साताको तेस्रो दिन मंगलबार उछाल आएको छ । आज बजार परिसूचक ५३ दशमलव ३० अकंले बढेर समग्र परिसूचक २७५४ दशमलव २८ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १० दशमलब ८३ अकंले बढेर ५२२ दशमलब १३ बिन्दुमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २२४ कम्पनीको ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैंयाँ बराबरका ६३ लाख ४३ हजार २२८ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ४३ हजार ५ सय १९ पटक लेनदेन भएको छ ।
आज कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरी, नेशनल हाईड्रोपावर, नेपाल टेलिकम, अरुण भ्याली हाईड्रोपावर, जिवन विकास लघुवित्त, लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेशनल हाईड्रोपावर, एचआईडिसिएल, अरुण भ्याली हाईड्रोपावर, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज १ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज न्यादी हाईड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यसैगरी तेह्रथुम पावर कम्पनी, हिमालयन उर्जा कम्पनी, कालिका पावर, छयाङ्दी हाईड्रोपावर, सिनर्जी पवार लगायतका कम्पनीको पनि सेयर मूल्यमा उछाल आएको छ ।
वि.सं.२०७८ फागुन ३ मंगलवार १५:२७ मा प्रकाशित


























