काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितको ६ दलीय मोर्चाले भोली (बुधबार) नेपाल बन्दको घोषणा गरेको छ । सरकारले विवादास्पद एमसीसी सम्झौतालाई सदनमा टेबल गर्ने तयारी गरेसँगै ६ दलीय मोर्चाले नेपाल बन्दको घोषणा गरेको हो ।
विप्लव नेतृत्वको नेकपाका नेता विष्णु पन्तले राष्ट्रघाती एमसीसी सम्झौतालाई पारित गर्ने प्रक्रिया अगाडि बढाइएकोले विरोध स्वरुप बन्द घोषणा गरिएको बताए । उनका अनुसार ६ दलीय मोर्चाको बैठकले एमसीसी सम्झौता राष्ट्रघाती भएको निष्कर्षसहित निःशर्त खारेजीको माग पनि गरेको छ ।

६ दलीय मोर्चाले एमसीसीविरुद्व निरन्तर आन्दोलन चलाउँदै आएको छ ।
यसैबीच, सदनमा एमसीसी टेबल गर्न लागिएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलन घोषणा गरेको छ । राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकका अनुसार एमसीसीको विरोधमा भोलीदेखि चरणबद्ध विरोध कार्यक्रम हुनेछ । भोली राप्रपाको जनवर्गीय संगठनहरुले प्रदर्शन गर्ने तयारी गरेको उनले जनाए ।
वि.सं.२०७८ फागुन ३ मंगलवार १६:५४ मा प्रकाशित






























