back
CTIZAN AD

स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न एमालेको माग (विज्ञप्तिसहित)

वि.सं.२०७८ फागुन ३ मंगलवार

1K 

shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै खतिवडालाई बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानकर्षण गराएका हुन्।

मन्त्री खतिवडाले २४ लाख खोप ‘हराएको’ ढाकछोप गर्न खोजेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको खोप आफूहरूले किनेर लगाएको भन्ने अभिव्यक्ति दिएको भन्दै एमालेले आपत्ति जनाएको हो ।

“आमजनता कोभिड–१९ बाट आक्रान्त भइरहेको बेलामा मन्त्रीले दिएको उक्त अभिव्यक्तिको हामी निन्दा र भर्त्सना गर्दछौँ । यति झुट बोल्ने व्यक्ति नैतिक रूपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ । साथै, आफ्ना मन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदै उहाँलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँछौँ,” विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्यमन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बद्नाम गर्नकै लागि गलत सूचना दिएर अफवाह फैलाएको एमालेको आरोप छ । “कोभिड–१९ सम्बन्धी विभिन्न समयमा सरकारले जारी गरेका निर्देशिकाहरूले खोपको कालोबजारी, बिक्री–वितरण र दुरुपयोग गर्नुलाई गम्भीर अपराधका रूपमा उल्लेख गरेको छ । मन्त्री खतिवडाले खोप ऐन र कोभिड निर्देशिकामा उल्लेख भएका प्रावधानविपरीत गम्भीर अपराध गर्नुका साथै गलत सूचना सम्पे्रषण गर्ने र अफवाह सिर्जना गर्ने काम गरेर कोरोनाजस्तो संवेदनशील विषयमा अत्यन्तै गैरजिम्मेवार व्यवहार प्रदर्शन गर्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७८ फागुन ३ मंगलवार १७:१७ मा प्रकाशित

सुशासन, असल शासनको अभ्यास

सुशासन, असल शासनको अभ्यास

काठमाडौँ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले मुलुकको...

समयमै शुल्क नतिरे बन्द हुन सक्छ तपाईंको डिम्याट खाता

समयमै शुल्क नतिरे बन्द हुन सक्छ तपाईंको डिम्याट खाता

काठमाडौं, । धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताले समयमै डिम्याट (हितग्राही)...

सम्झौता भएका अस्पतालमा मात्र उपचार गर्न सामाजिक सुरक्षा कोषको आग्रह

सम्झौता भएका अस्पतालमा मात्र उपचार गर्न सामाजिक सुरक्षा कोषको आग्रह

काठमाडौं । सामाजिक सुरक्षा कोषले आफ्ना योगदानकर्तालाई स्वास्थ्य सेवा प्राप्त...

बागमती सरकारबाट औपचारिक रूपमा बाहिरियो एमाले

बागमती सरकारबाट औपचारिक रूपमा बाहिरियो एमाले

काठमाडौं, । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का सबै...

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

काठमाडौँ । नबिल बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित...