३ फागुन, काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा शाखा संचालनमा ल्याएको छ ।
उक्त शाखाको उद्घाटन चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले गरेका थिए । चौरजहारी शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।
यससँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०८ पुगेको छ ।
वि.सं.२०७८ फागुन ३ मंगलवार १६:१८ मा प्रकाशित





























