back
CTIZAN AD

दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान

वि.सं.२०७८ फागुन ३ मंगलवार

888 

shares

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ । सहकारीमार्फत बिक्री गर्दै आएका उनीहरुलाई उत्पादनको आधारमा प्रतिलिटर रु २.५० पैसाका दरले अनुदान दिन थालेको हो ।

गतवर्ष जिल्लाका बाह्रवटा सहकारीमार्फत रु ४५ लाख अनुदान रकम वितरण गरेकामा यस वर्षको लागि रु ४० लाख विनियोजन भइसकेको कार्यालयका प्रमुख डा बालकृष्ण श्रेष्ठले जानकारी दिए । गत वर्षका तुलनामा यसवर्ष बजेट कटौती भएका कारण बजेट घट्ने सो कार्यालयले जनाएको छ ।

किसानलाई प्रोत्साहन गर्न दूधमा प्रतिलिटर अनुदान कार्यक्रम राखिएको हो । उनले भने,“दूधमा जिल्ला आत्मनिर्भर बनि बाह्य जिल्लामा समेत निर्यात गर्न सफल भइसकेकोले त्यसलाई कायम राख्न अनुदान कार्यक्रम लागू गरिएको हो ।” व्यास नगरपाकिामा सात हजार ५००, बन्दिपुरमा ६ हजार ५००, भानुमा पाँच हजार ३००, शुक्लामा पाँच हजार दूध उत्पादन हुदैआएको छ ।

जिल्लामा वार्षिक तीन हजार ८०० मेट्रिक टन दूध उत्पादन हुँदैआएको उनले बताए । प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यक पर्ने भए पनि अहिले प्रतिव्यक्ति ११७ लिटर प्रतिव्यक्ति क्षमता पुगेको छ ।

त्यसैगरी, मासु ४६६ मेट्रिक टन, अण्डा दुई करोड ६० लाख, दूध तीन हजार ८०० मेट्रिक टन दूध वार्षिक उत्पादन हुदै आएको उनले बताए । त्यसैगरी मासु प्रतिव्यक्ति वार्षिक रु १४ किलो आवश्यक पर्नेमा १४.१५ किलो रहेको छ, भने अण्डा प्रतिव्यक्ति ४८ पर्नेमा ८१ वटासम्म क्षमताको रहेको छ ।

त्यसैगरी माछा ९० मेट्रिक टन उत्पादन हुदै आएकोमा माछाको उत्पादन वृद्धिको लागि आवश्यक पहल भइरहेको सो कार्यालयले जनाएको छ । माछापालन किसानलाई प्रोत्साहन गर्न कार्यालयले पोखरी खन्न र माछाका भुरामा अनुदान लगायतका सुविधा प्रदान गर्दै आएको छ ।
रासस/फाइल फोटो

वि.सं.२०७८ फागुन ३ मंगलवार १६:२१ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...