काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसा १ बस्ने भएको छ ।
यसअघिका बैठकमा कार्यसूची अघिल्लो दिन नै तय गरिए पनि आजको बैठकको कार्यसूची भने तय गरिएको छैन ।
कार्यसूची तयका लागि सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा बहुचर्चित अमेरिकी परियोजन एमसीसी टेवुल गर्ने रहेको छ ।
सत्तारुढ गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले आजको बैठकमा एमसीसी टेबुल गर्नुपर्ने प्रस्ताव गरिसकेको छ भने सत्तारुढभित्रकै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) ले यथास्थितिमा एमसीसी पास नहुने अडान लिँदै आएका छन् ।
वि.सं.२०७८ फागुन ४ बुधवार ०८:५६ मा प्रकाशित






























