back
CTIZAN AD

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

वि.सं.२०७८ फागुन ४ बुधवार

630 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ं को संसदीय दलको बैठक बस्दैछ ।

बुधवार बिहान १० बजे बस्ने उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसदमा टेबुल हुने भनिएको एमसीसी लगायतका विषयमा छलफल हुने पार्टीको सचिवालयले जनाएको छ ।

बुधवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठक अगावै माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको हो ।

यसअघि नेपाली कांग्रेस र एमालेले समेत संसदीय दलको बैठक बोलाएर विभिन्न विषयमा छलफल तथा निर्णय गरेका छन् ।

नेकपा एमालेले सत्तारुढ गठबन्धनले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग ल्याएर स्थानीय निकायको निर्वाचन पछि धकेल्ने षडयन्त्र गरेको आरोप लगाउँदै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ । साथै एमसीसीका विषयमा भने सत्तारुढ गठबन्धनभित्रकै दल स्पष्ट नभएकाले उनीहरुको एमसीसीबारे एउटै धारणा आएपछि मात्र आफुहरुले संसदमा पोजिसन दिने बताउँदै आएको छ ।

त्यसैगरी नेपाली कांग्रेसले केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलको बैठकबाट एमसीसी तत्काल संसदमा टेबुल गर्नुपर्ने निर्णय गराएको छ । कांग्रेसको यस्तो निर्णयमा सत्तारुढ गठबन्धनभित्रकै ठूला दल माओवादी केन्द्र र एकिकृत समाजवादीले साथ नदिने बताउँदै आएका छन् ।

माओवादी केन्द्रले एमसीसी टेबुल हुँदा विरोध जनाउने बताउँदै आएको छ भने एमसीसीको विरुद्धमा पार्टीका जनवर्गिय संगठनहरुलाई बिरोधमा उत्रन निर्देशन दिइसकेको छ । उनीहरु बुधवार बिहानैदेखि नायाँबानेश्वरस्थित संसद भवन अगाडि बिरोधमा उत्रिइसकेका छन् ।

वि.सं.२०७८ फागुन ४ बुधवार ०९:१२ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...