back
CTIZAN AD

काठमाण्डौँको घर छोडी विदेशमा सिकेको सीप गाउँमा प्रयोग गर्दै छन्त्याल

वि.सं.२०७८ फागुन ४ बुधवार

891 

shares

बलेवा । बागलुङको तमानखोला गाउँपालिका–२ कटेरीका चूडामणि छन्त्याल विदेशमा सिकेको सीपलाई गाउँमा प्रयोग गरेर माटो सिञ्चिनु भएको छ । मेलेसियामा दुई वर्ष तरकारी बारीमा काम गरेका उनले कोरियामा दुई वर्ष तरकारी फार्म र बाँकी आठ वर्ष उद्योगमा काम गरेका थिए ।

अहिले कटेरी गाउँमा झण्डै १० रोपनी बारी तरकारी र फलफूलले हराभरा बनाएका छन् । खर्च अभावले विदेशीएका उनले अहिले आफ्नो माटोमा गरेको दुःखले आर्जेको कमाई बचत गर्नुहुन्छ । चार वर्षअघि कोरियाबाट गाउँ फर्केर प्लाष्टिक घरमा तरकारीखेती गरेका ४८ वर्षीय उनका बारीमा पाँच प्लाष्टिक घर छन् ।

खुला आकाशमुनि, साग, बन्दा, काउली र खुर्सानी फलेका छन् । “पोहोरसम्म गोलभेँडाको खेती गरेँ, निकै राम्रो आम्दानी भयो”, उनले भने, “अहिले गाउँका अरु दाजुभाईले पनि प्लाष्टिक घर निर्माण गरेपछि मैले गोलभेँडा उनीहरुलाई छोडेर अरु विकल्प खोजिरहेको छु ।”

उनका दुई प्लाष्टिक घरमा अहिले ‘स्टोभेरी’ फलेको छ । मलेसियामै रहँदा स्ट्रबेरीका विषयमा जानकारी पाएका उनले ककनीबाट बिरुवा ल्याएर खेती सुरु गरेका हुन । ‘स्ट्रबेरी गाउँका लागि नयाँ खेती हो । पहिले दुई बिरुवा लगाएँ राम्रो फलेपछि व्यावसायिक खेती गरेको छु”, उनले भने, “नयाँ खेतीले बजार पाउन सहज हुने र मूल्य प्रतिकिलो ७०० रुपैयाँ पर्दछ, पोखरा लेकसाइडको एक होटलसँग सोही मूल्यमा सम्झौता भएको छ, बिक्रीका लागि कुनै पनि समस्या छैन ।”

उनले गोलभेँडा पनि प्रतिकिलो रु ७० देखि रु १२० सम्म बिक्री गर्थे । अहिले गाउँका अरु किसानले पनि त्यसै गर्छन् । “उनको सिको गरेर धेरैलाई राम्रो भएको छ”, स्थानीयवासी युवा ढालेन्द्र छन्त्याल भन्छन्, “अहिले त गाउँभरि टनेल छन्, धेरै थोरै सबैले कमाउँछन् ।”

तमानखोला गाउँपालिका, कृषि ज्ञानकेन्द्र र मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमले गाउँलेलाई सघाएको छ । रु १२ लाख लगानीमा सुरुआत गरेको तरकारी फार्मबाट छन्त्यालले मासिक रु ३५ हजार आम्दानी गर्छन् । गाउँमा पुग्ने पाहुना उनकै घरमा बस्छन् । जौ, गहुँ, कोदो र मकै मात्रै फल्ने बारीमा फलाएका तरकारी उनले पाहुनालाई चखाउँछन् र आफ्नो मूल्य लिनुहुन्छ । छन्त्यालको मेहनतको सिको गरेका कटेरी गाउँका स्थानीयले अहिले गाउँ हराभरा बनाएका छन् ।
विदेशको कमाईले उनको काठमाडौँमा घर छ । दुईभाई छोरा युरोप र अष्टे«लियाका नाम चलेका कलेजमा पढ्छन् । तर सहरको सुख छोडेर उनी मात्रै होइन उनको परिवार पनि कृषिमा लागेको छ । छोराको पढाइका लागि २२ वर्ष काठमाडौँमा बसेकी उनकी श्रीमती इन्द्रकुमारी अहिले गाउँमै छन् ।

“उनी चार वर्षअघि आएका हुन, म एक वर्षदेखि यतै छु, काममा सघाउँछु, गाउँको हावापानी भुल्न नसकेर फर्किएँ”, इन्द्रकुमारीले भनिन्, “हामी सुख होइन सन्तुष्टि खोज्न गाउँ फर्किएका हौँ ।” अघिल्लो वर्षसम्म बर्खाका समयमा तमानखोला पुग्ने सडक अवरुद्ध हुँदा कटेरी गाउँको कृषिउपज बर्खामा खेर जान्थ्यो । अहिले भने किसानको बारीसम्मै बाह्रै महिना चल्ने सडक पुगेको छ । पाँच वटा टनेलमा चार वर्षदेखि खेती गरेका छन्त्यालको गाउँमा अहिले ५० टनेल छन् । कटेरी÷भयरबोंगा गाउँलाई समेटेर गण्डकी प्रदेश सरकारले नमूना कृषि गाउँ घोषणा गरेको छ ।रासस

 

वि.सं.२०७८ फागुन ४ बुधवार १४:४२ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...