६ फागुन, काठमाडौँ । आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११७ रन बनाएको हो । नेपालका लागि ब्याटिङ्गमा अरिफ शेखले सर्वाधिक ३८ रन बनाएका थिए भने ओमानका लागि बलिङ्गमा भने खवर अलीले सर्वाधिक ३ विकेट लिएका थिए ।
११८ रनको सामान्य लक्ष्य पछाएको ओमान पुरै २० ओभर पनि ब्याटिङ्ग गर्न सकेन । ओमानकाे टिम १७ ओभरमा ७८ रन बनाएर अलआउट हुन पुगेको थियो । ओमानका लागि ब्याटिङ्गमा नसीम खुशीले सर्वाधिक २४ रन बनाएका थिए । ओमानका नसीम खुशी बाहेक अरु खेलाडीले दोहोरो अकंमा रन जोड्न सकेनन् ।
नेपालका लागि बलिङ्गमा कमल सिंह ऐरीले घातक बलिङ्ग गर्दै सर्वाधिक ३ विकेट हात पारेका थिए । त्यसैगरी सन्दीप लामिछानेले २, दिपेन्द्र सिंह ऐरीले २, जितेन्द्र मुखियाले १ र अविनाश बोहराले १ विकेट लिएका थिए ।
वि.सं.२०७८ फागुन ६ शुक्रवार १४:५७ मा प्रकाशित






























