काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक फागुन २० गतेका लागि सरेको छ ।
यसअघि फागुन ८ र ९ गतेका लागि बोलाइएको उक्त बैठक स्थगीत गरी फागुन २० गतेका लागि सारिएको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।
ढकालले पछिल्लो समय देखिएका राजनीतिक घटनाक्रमका कारण बैठक सार्नुपरेको जानकारी दिएका छन् ।
वि.सं.२०७८ फागुन ६ शुक्रवार १५:१० मा प्रकाशित






























