back
CTIZAN AD

यी हुन कविता तथा निबन्ध प्रतियोगिताका विजेताहरु,को को भए त विजेता ?

वि.सं.२०७८ फागुन ६ शुक्रवार

783 

shares

काठमाडौँ । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस – २०७८ का अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता तथा निबन्ध प्रतियोगिताका विजयीलाई आज पुरस्कृत गरिएको छ ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आज आयोजित कार्यक्रममा ती पुरस्कार प्रदान गरेका छन् । उक्त राष्ट्रिय भावना र लोकतान्त्रिक चेतनाको भावमा आयोजित प्रतियोगितामा कवितातर्फ खोटाङका तेज राई, बैतडीका वासुदेव पाण्डेय ‘प्रभाकर’, ताप्लेजुङका सविता बरालले क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । निबन्धतर्फ तनहुँका गोविन्दप्रसाद खतिवडा, तेह्रथुमका रेजिना आपगाईं र काठमाडौँका गणेश दङ्गाल क्रमशः प्रथम, द्वितीय र तृतीय बनेका छन् ।

दुवै विधाका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः जनही रु पचास, चालीस र तीस हजार पुरस्कारको व्यवस्था गरिएको प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए । समारोहमा प्रथम घोषित निबन्ध र कविता वाचन गरिएको थियो ।

वि.सं.२०७८ फागुन ६ शुक्रवार १५:२१ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...