back
CTIZAN AD

झाडी फाँडेर केरा खेती

वि.सं.२०७८ फागुन ६ शुक्रवार

1K 

shares

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीका कृषकले बाँझिएको पाखोबारीमा केरा खेती गरेर हराभरा बनाएका छन् । तीन कृषकले कोरोना भाइरसको महामारी फैलिएपछि दुई वर्षअघि भएको बन्दाबन्दीको समयमा २७ रोपनी झाडी फाँडेर व्यावसायिकरुपमा केरा खेती सुरु गरेका हुन् ।

रघुगङ्गा–२ रिसिन चौतारीका बलबहादुर सुनार, रमेश कटुवाल र बुद्धिबहादुर कार्कीले केरा खेतीबाट आम्दानी गर्न थालेका छन् । न्यू कालीगण्डकी कृषि फर्मका सञ्चालक सुनारले पछिल्लो याममा रु एक लाख ५० हजार बराबरको केरा बिक्री गरेको बताए । “बन्दाबन्दीको फुर्सदमा झाडी फाँडेर ९०० केराका बिरुवा लगाएको थिए,” उनले भने“सुरु गरेको डेढ वर्र्षमै आम्दानी हुन थालेको छ ।” करिब २० वर्र्षदेखि खेती हुन छाडेको पाखोबारीको झाडी फाँडेर तीनैजनाले केरा खेती गरेका थिए ।

कटुवालले आरम्भ र कार्कीले कालीगण्डकी कृषि फर्म सञ्चालन गरेका छन् । उनीहले केरा खेतीका साथै बाख्रा, बङ्गुर, कुखुरा र माछापालनसमेत गरेका छन् । एकजनाले कृषि फर्ममा रु १५ लाखदेखि रु २० लाखसम्म लगानी गरेका छन् । बजार नजिक, यातायात सुविधा, अनुकूल भूगोल र हावापानी भएकाले केरा खेती गरेको कटुवालले बताए । “बाँझिएर खेर गएको पाखोबारी केराका बिरुवाले हराभरा बनेको छ,” उनले भने, “रोजगारी सिर्जना र आयआर्जनको अवसर पनि मिलेको छ ।” कटुवालले केरा खेतीसँगै व्यावसायिक कुखुरापालन समेत गरेका छन् ।

उनीहरुले स्थानीय बाइसे, मुङग्रे, धुस्रे र नङग्रे जातको केरा खेती गरेका छन् । “धान, कोदो, मकै, गहुँ खेती नहुने पाखोबारीमा बदामको मात्र खेती हुन्थ्यो,” कार्कीले भने “बदामभन्दा केरा खेतीबाट चार÷पाँच गुना बढी आम्दानी भएको छ ।” सो क्षेत्रमा यसअघि घरायसी प्रयोजनका लागि केरा खेती हुँदै आएको थियो ।

बैसरी, बेनी, पोखरेबगर र मुस्ताङमा केरा बिक्री हुन्छ । बैसरी हुँदै रिसिनचौतारी जोड्ने सडक बनेकाले व्यापारी केरा किन्न गाडी लिएर गाउँमै पुग्छन् । रघुगङ्गा गाउँपालिका–२ भगवतीका वडाध्यक्ष रिम कटुवालले बैसरी, रिसिनचौतारी, राममन्दिर र माझखर्कमा केरा खेतीको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गरिएको बताए । सिँचाइका लागि गाउँपालिका, कृषि ज्ञान केन्द्र र सिँचाइ कार्यालयमा पहल गरेको उनले बताए ।

 

वि.सं.२०७८ फागुन ६ शुक्रवार १६:०५ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौँ...