back
CTIZAN AD

एमसीसीको विपक्षमा मतदान गर्न भन्दै विप्लवले पठाए सांसदहरुलाई यस्तो पत्र

वि.सं.२०७८ फागुन ८ आइतवार

861 

shares

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसीको विरुद्धमा मत दिन भन्दै सांसदहरुलाई पत्र पठाएको छ ।

एमसीसी सम्झौताका विषयमा ठूला दल र तिनका नेताहरुले खेलेको भूमिकाले जनतालाई निराश बनाएको बताएको भन्दै एमसीसी सम्झौताका कारण देश राष्ट्रिय र गृहयुद्धतिर धकेलिने हुँदा यस्तो प्रकारको क्षति हुनबाट बचाउन सांसदहरुको महत्वपूर्ण भूमिका हुने पत्रमा लेखिएको छ ।

‘तपाईलाई जनताले जुन विश्वस र भरोसाका साथ आफ्नो अमूल्य मत जाहेर गरेका छन्, त्यसको सहि कदर गर्नुहुनेछ । एमसीसी जस्तो राष्ट्रघाती विषयमा तपाईँ दुविधामा पर्नुहुने छैन,’ सो पार्टीद्धारा लेखिएको पत्रमा भनिएको छ, ‘एमसीसीले देशलाई राष्ट्रिय युद्ध र गृहयुद्धमा धकेल्ने छ । यसबाट नेपाली र नेपालले ठूलो जनधनको क्षति बेहोर्नुपर्ने अनिवार्य छ । यस्तो प्रकारको क्षति हुनबाट देशलाई बचाउन तपाईहरुको महत्वपूर्ण र निर्णायक भूमिका रहनेछ । तर्सथ एमसीसी सम्झौताको विपक्षमा यहाँको मत रहनेछ भन्ने आम जनता विस्वस्त छ ।’

May be an image of text

वि.सं.२०७८ फागुन ८ आइतवार १०:०२ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...