back
CTIZAN AD

एमसीसीमा सहमति जुटाउन आज पनि सत्तारुढ गठबन्धनको बैठक बस्दै

वि.सं.२०७८ फागुन ८ आइतवार

900 

shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धन दलको बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे बस्ने उक्त बैठकमा एमसीसी परियोजना संसदमा टेवुल गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

एमसीसीका विषयमा निर्णायक छलफल गर्नका लागि यसअघि पटक–पटक बसेका गठबन्धनको बैठक निष्कर्ष विहिन हुँदै आएका छन् । यद्यपी शुक्रवार बसेको गठबन्धनको बैठक पश्चात सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइतवारको बैठक निर्णायक हुने दावी गरेका थिए ।

एमसीसी पारित गर्ने समय यहि फागुन १६ गतेसम्मको समयसीमा रहेकाले नेपाली कांग्रेसले यसलाई संसदबाट अनुमोदन गर्न ढिला भइसकेको भन्दै बुधवार र शुक्रवारको प्रतिनिधिसभाको बैठक एमसीसी टेबुल गर्ने प्रयास गर्दै आएको थियो । तर, पनि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) पार्टीले संशोधन नगरी टेवुल गर्न नहुने अडान राख्दै आएका कारण टेवुल हुन सकेको छैन ।

वि.सं.२०७८ फागुन ८ आइतवार ०९:४२ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...