back
CTIZAN AD

प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूचीमा राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन मात्रै

वि.सं.२०७८ फागुन ८ आइतवार

801 

shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । यद्यपी संसद सचिवालयद्धारा जारी आजको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रिय समावेशी आयोगको तेस्रो वाषिर्क प्रतिवेदन २०७७÷७८ राखिएको छ ।

यसअघिको प्रतिनिधिसभाको बैठकमा बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसी टेवुल गर्ने भनिएपनि सत्तारुढ गठबन्धन दलभित्रै सहमति नजुटेपछि टेवुल हुनबाट रोकिएको छ ।

नेपाली कांग्रेसले प्रतिनिधिसभाको यसअघिका दुईवटा बैठकमा एमसीसी टेवुल गर्ने प्रयास गरेपनि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) पार्टीले संशोधन नगरी टेवुल गर्न नहुने अडान राख्दै आएका कारण टेवुल हुन सकेको छैन । यद्यपी नेपाली कांग्रेसले आजको बैठकमा एमसीसी टेवुल गर्ने बताएको छ ।

प्रतिनिधिसभाको बैठक अगावै आज बिहान १० बजे सत्तारुढ गठबन्धनको बैठक बसेर एमसीसी बारे निर्णायक छलफल गर्ने बताइएको छ ।

गत असार २८ गते सर्वोच्चको परमादेशसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँचदलीय गठबन्धन सरकार बनेयता प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ । एमालेको निरन्तरको संसद अवरोधका कारण प्रतिनिधिसभाको बैठक हालसम्म औपचारिकतामा मात्रै सिमित हुँदै आएको छ ।

May be an image of text

वि.सं.२०७८ फागुन ८ आइतवार ०९:०४ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...