back
CTIZAN AD

‘यी तथ्यहरुले पुष्टि गर्छ अमेरिकी दूतावासको बक्तब्य छलछाम र धोखा मात्र हो’

वि.सं.२०७८ फागुन ८ आइतवार

753 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाले एमसिसि कम्प्याक्ट पारित गर्न नेपाललाई निरन्तर चेतावनी र धम्की दिदै आएको बताएका छन् ।

नेपालस्थित अमेरिकी दूतावासले एमसिसि कम्प्याक्ट सँझौताका बारेमा एउटा सार्वभौम मुलुकका रुपमा नेपालले नै णिर्णय गर्ने हो भनेर बक्तब्य निकालेको समाचार सार्वजनिक भएपनि विभिन्न तथ्याहरुले उक्त बक्तब्य छलछाम र धोखा मात्र हो भन्ने स्पष्ट गरेको नेता श्रेष्ठले लेखेका छन् ।

आइतवार बिहान सत्तारुढ गठबन्धनको बैठकले एमसीसी संसदमा टेवुल गर्ने सहमति गरेसँग त्यसको विरोध गरेका नेता श्रेष्ठले मुलुकको राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रतामाथि यतिबेला गम्भीर चुनौती र संकट उत्पन्न भएको भन्दै यसको रक्षाका लागि देशभक्त शक्तिहरु एकजुट हुन आव्हान समेत गरेका थिए ।

यस्तो लेखेका छन् नेता श्रेष्ठले
नेपालस्थित अमेरिकी दूतावासले एमसिसि कम्प्याक्ट सँझौताका बारेमा एउटा सार्वभौम मुलुकका रुपमा नेपालले नै णिर्णय गर्ने हो भनेर बक्तब्य निकालेको “जानकारी “ नेपालका मुलधार भनिने पत्रिकाहरुले आज उच्च महत्वकासाथ प्रकाशित गरेका छन् । तर निम्न तथ्यहरुले अमेरिकी बक्तब्य छलछाम र धोखा मात्र हो भन्ने स्पष्ट गर्दछ:

एक-अमेरिकी राजदुतले एमसिसि कम्प्याक्ट सम्झौता नेपालले पारित गरेन भने अमेरिकाले नेपाललाई आर्थिक नाकाबन्दी लगाउनेछ भनेर नेपालको एक प्रमुख राजनीतिक दलका नेतालाई उनकै निवासमा गएर भनेका थिए ।

दुई-आमेरिकी राजदुतले भेटेर र सहायक मन्त्रीले फोनबाट नेपाली नेताहरुलाई यो सम्झौता स्विकार गरिएन भने चीनका कारणबाट यस्तो निर्णय भएको भन्ने रुपमा लिन्छौ भनेका थिए ।

तीन- अमेरिकी उपमन्त्रीले भारतीय पत्रिकामार्फत अन्तर्वार्ता सार्बजनिक गरेर नेपालले एमसिसि सम्झौता अस्विकार गरेमा नेपाल र आमेरिका बीचको सम्बन्धमा पुनर्बिचार गरिनेछ भनेका थिए ।

चार-नेपालका एक प्रमुख दलका नेतासँगको भिडिओ वार्तामा वाशिङ्टनबाट एमसिसि अमेरिकाका प्रमुख कार्यकारी अधिकृत र फतिमा सुमार सहितको चार जनाको टोलीले एमसिसि कम्प्याक्ट पारित नगरिए यसलाई अमेरिकाले गम्भीर रुपमा लिनेछ भनेका थिए ।

यसरी अमेरिकाले एमसिसि कम्प्याक्ट पारित गर्न नेपाललाई निरन्तर चेतावनी र धम्की दिदै आएको स्पष्ट छ । अमेरिकी दुतावासको झुठो बक्तब्यलाई उच्च महत्वकासाथ प्रकाशित गर्ने मित्रहरुले यी तथ्यहरु सहित बास्तबिक सत्यलाई प्रकाशित गर्नुहोला ?

 

वि.सं.२०७८ फागुन ८ आइतवार १३:४७ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...