back
CTIZAN AD

एमसीसी टेबल गर्ने निर्णयप्रति माओवादी केन्द्रको लिखित असहमति (पत्रसहित)

वि.सं.२०७८ फागुन ८ आइतवार

870 

shares

काठमाडौं । एमसीसी टेबल गर्ने निर्णयप्रति कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा (माओवादी केन्द्र)ले लिखित असहमति राखेको छ । कार्यव्यवस्था समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, सांसद जयपुरी घर्ती र रेखा शर्माले सभामुखसँग लिखित असहमति राखेका हुन् ।

माओवादी सांसदहरुले राष्ट्रिय सहमति कायम नभई टेबल गर्न नहुने पनि अडान राखेका छन् । सभामुख अग्निप्रसाद सापकोटासँग माओवादी सांसदहरुले राखेको लिखित अहसहमतिमा राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको कुनै सुनिश्चितता पनि नभएको र संसद अवरुद्ध नै रहेकोले एमसीसी संसदमा टेबल गर्न नसकिने जिकिर छ ।

माओवादी सांसदहरुले राष्ट्रिय सहमति नगरी अगाडि बढाउन नहुने बताएका छन् ।

यसअघि बालुवाटार बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने एमसीसी टेबल गर्ने विषयमा सहमति जनाएका थिए । तर, बालुवाटार बैठकमा सहमति भएको भएपनि सभामुखसँग भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले लिखित रुपमै असहमति राखेको हो ।

यस्तो छ माओवादी सांसदहरुले राखेको लिखित असहमति

वि.सं.२०७८ फागुन ८ आइतवार १३:३९ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...