भक्तपुर । चाँगुनारायण नगरपालिका-८ सुडाल रानीबारीमा आज सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ४ ख ७३५२ नं को टिपरको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ ।
टिपरको ठक्करले काभ्रे महाभारत गाउँपालिका-२ घर भई हाल सुडालस्थित इँट्टाभट्टामा काम गर्ने सूर्यबहादुर मगरकी आठ वर्षीया छोरी विनिताको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
ठक्करबाट घाइते बालिकाको ख्वप अस्पताल च्यामासिंहमा प्राथमिक उपचारपछि मध्यपुर अस्पताल थिमिमा आज मृत्यु भएको उनले जानकारी दिए । चालक भक्तपुर नगरपालिका-८ जेलाका राजेश कुस्मा र टिपरलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त जगाती भक्तपुरमा राखेको उनले बताए ।
वि.सं.२०७८ फागुन ८ आइतवार १३:१७ मा प्रकाशित






























