back
CTIZAN AD

बाँदर र दुम्सीले हिउँदे बालीनाली सखाप पारेपछि, रातभर जाग्राम बस्दै किसान

वि.सं.२०७८ फागुन ८ आइतवार

615 

shares

पर्वत । हिउँदे बालीनाली बाँदर र दुम्सीले सखाप पारेपछि जिल्लाका कृषक चिन्तित बनेका छन् । हिउँदे बालीका रूपमा लगाएका आलु, गहुँ, जौँ, फापरलगायत फलफूलसमेत नष्ट गरेपछि उनीहरु समस्यामा परेका हुन् ।

अहिले जिल्लाभर बाँदर र दुम्सीको आतङ्क छ । कतिपय ठाउँमा किसानले बाली जोगाउन रातभर जाग्राम बस्ने गरेका छन् । दुम्सीबाट जोगाउन चारैतिर बारबेर गरेका किसानले बाँदरबाट भने जोगाउन सकेका छैनन् । यसैगरी बाँदर आतङ्कले किसान हैरानीमा छन् । दिउँसो आउने बाँदर धपाउन गाउँले समूह बनाएर खटिने गरेको भए पनि रातमा आउने दुम्सीको ओखती नभएको गुनासो गरेका छन् । दिनभर सबै मिलेर बाँदर धपाउँछौँ”, फलेबास-३ का तुलसी सापकोटाले भने, रातिमा दुम्सी कताबाट आउँछ कताबाट । आगो बालेर रातभर बस्दा आउँदैन, रातिमा सधैँ बस्न पनि सकिँदैन ।”

बाँदर, दुम्सीलगायत जङ्गली जनावरले दुःख दिन थालेपछि किसान थप समस्यामा परेको बताउँछन् । कुश्मा-१० पिपलटारीका रामबहादुर क्षेत्रीले २५ केजी आलुका बोट बाँदर र दुम्सीले सत्यनास पारेको बताए। “बेसाएर दुःख गरेर लगाएको खेती स्याहार्ने बेलामा शत्रु लाग्छ”, उनले भने, “यस्तो भएपछि खेती लगाउने जाँगर कसरी आओस् ।”

आलुको पकेट क्षेत्र मानिने जलजला गाउँपालिकाका बनौ, शालिजा, लेखफाँट, क्याङ, भुकताङ्ले, बाँसखर्कलगायत गाउँका आलुमा पनि बाँदर र दुम्सीको मुख्य समस्या रहेको किसानले बताएका छन् । “अहिले आलुमात्रै नभएर सुन्तला पनि खान थालेको छ”, बाँसखर्कका जगत्बहादुर खत्रीले भन, “पहिला मान्छे देखेर भाग्ने बाँदर अहिले उल्टै जिस्क्याउँछ ।” उच्च पहाडी भेगमा पर्ने ती गाउँमा मुख्यबाली आलु हो । मुख्य बाली नै जङ्गली जनावरले सखाप पार्न थालेपछि कृषक पिरलोमा परेका हुन् ।

कुश्मा र फलेवास नगरपालिकाका अन्य वडामा पनि बाँदर र दुम्सीको आतङ्कले लगाएको आलु स्याहार्न नपाएको किसानको गुनासो छ । गत वर्ष आलुखेतीबाट रु १० करोड भित्र्याएका महाशिला-२ भोक्सिङका किसानले यसपालि बाँदर आतङ्ककै कारण भित्र्याउन नपाएको बताएका छन् । भोक्सिङका जीतबहादुर गुरुङका अनुसार असोजदेखि नै हुलका हुल आउन थालेका बाँदर अहिलेसम्म दैनिकजसो आसपासका जङ्गलमै बसेपछि धेरै किसानले आलु नै लगाएनन् “बाँदरले नछाडेपछि जोगाउन सकिँदैन भनेर धेरैले आलु लगाएनन् ।”

किसानले खेती स्याहारेर खानै नसकेको गुनासो गरेपछि केही स्थानीय तहले बाँदर नियन्त्रणका योजना ल्याएका थिए । महाशिला र पैयुँ गाउँपालिकाले आव २०७५/७६ मा सुरु गरेको बाँदर नियन्त्रणको योजना सफल हुन सकेन । महाशिलाले पहिलो वर्ष करिब एक हजार ५०० बाँदर नियन्त्रण गरेको भए पनि चौतर्फी आलोचनापछि स्थगन गरिएको थियो ।

वि.सं.२०७८ फागुन ८ आइतवार १६:४८ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...