back
CTIZAN AD

एमसीसी ‘जबर्जस्ती’ संसदमा पेश गरिएको भन्दै माओवादी नेता महराको आपत्ति

वि.सं.२०७८ फागुन ८ आइतवार

999 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रवक्ता कृष्ण बहादुर महराले प्रतिनिधिसभामा एमसीसी सम्झौता ‘जर्बजस्ती’ पेश गरिएको भन्दै आपत्ति जनाएका छन् ।

नेता महराले सत्तारुढ गठबन्धनमा पार्टीका तर्फबाट स्पष्ट रुपमा संसदमा पेस नगर्न आग्रह गर्दा पनि सरकारले जबर्जस्ती एमसीसी सम्झौता अघि बढाउन खोजेपछि प्रतिनिधिसभा कार्यव्यवस्था समितिमा संसदीय दलको तर्फबाट लिखित असहमति जाहेर गरिएको समेत बताएका छन् ।

‘देशको स्वाधीनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने गरी दलहरुबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरुपता नहुँदा नहुँदै जबर्जस्ती प्रतिनिधिसभामा पेस भएको घटनाप्रति हाम्रो गम्भीर आपत्ति छ ।’ नेता महराद्धारा आइतबार बेलुका जारी बिज्ञप्तिमा भनिएको छ ।

नेता महराले एमसीसी सम्झौता सडकमा पेश गरिनु हुन्न भनेर सडकमा आन्दोलनमा उत्रिएका विभिन्न दल सम्बद्ध नेता, कार्यकर्ता, स्वतन्त्र रुपमा आन्दोलनमा सहभागी नागरिकमाथि प्रहरी दमन र धरपकड भएको भन्दै त्यसको घोर भत्र्सना समेत गरेका छन् ।

‘सम्पूर्ण घाईते आन्दोलनकारीहरुको शिघ्र स्वास्थलाभको कामना गर्दै उनीहरुको उपचारको उचित प्रबन्ध तथा उपचार खर्च व्यहोर्न पनि सरकारसँग जोडदार माग गर्दछु ।’ नेता महराले भनेका छन् ।

 

वि.सं.२०७८ फागुन ८ आइतवार २०:५७ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...