back
CTIZAN AD

अखिल भारत नेपाली एकता मंचको आयोजनामा दिल्लीमा एमसीसीको विरोध

वि.सं.२०७८ फागुन ८ आइतवार

909 

shares

काठमाडौं । प्रतिनिधिसभाको आइतवारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता भएपछि त्यसको चौतर्फि विरोध भएको छ ।

एमसीसी सम्झौता प्रतिनिधिसभाको बैठकमा टेबुल गरिएपछि त्यसको विरोधमा भारतको दिल्लीमा पनि प्रदर्शन भएको छ ।

अखिल भारत नेपाली एकता मंचको आयोजनामा दिल्लीमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै बिरोध प्रदर्शन गरेको हो ।

अखिल भारत नेपाली एकता मंच केन्द्रीय उपमहासचिब आरबी खड्काको नेतृत्वमा भएको उक्त विरोध प्रदर्शनमा एकता मंच केन्द्रीय नेता मानु श्रेष्ठ, जीवन शर्मा, नारायण बिक, हुमाकान्त कुँवर, अर्जुन दयाल, कमला थापा, कमला थापा, बेल बहादुर पुन, कमला पाण्डे, राज्य नेता सङ्कर शर्मा, अटल परियार, रिता लिम्बु लगायत नेताहरुले प्रदर्शन गरेका हुन् ।

उक्त विरोध प्रदर्शन कार्यक्रममा युवानेता आरबी खड्काले अमेरिकाको दवाबले अहिले सिंगो नेपाल विभाजित भएको बताए ।

No description available.

खड्काले विपन्न मुलुकहरुलाई आर्थिक सहयोग गर्नुका पछाडि महाशक्ति मुलुकहरुका आआफ्ना स्वार्थ हुने बताउँदै एमसीसीबारे पनि यही कुरा लागु हुने बताए । ‘अमेरिका वा चीनबाट होस् वा भारतबाट जुनसुकै मुलुकबाट प्राप्त हुने सहयोगका आ–आफ्ना स्वार्थ र उद्धेश्य हुन्छन्’, नेता खड्काले भने, ‘ठूला महाशक्ति मुलुकहरुले आफ्नो प्रभाव क्षेत्र विस्तार गर्न विभिन्न मुलुकलाई आर्थिक सहयोग गर्दछन् । जनताको विरोध सही भएको पुष्टि भएको छ ।

एमसीसीको हकमा पनि उठिरहेका विरोधी आवाजहरु जायज छन् भन्नका लागि अनेकौं आधार छन् ।’
सयौं सँख्यामा उपस्थिति रहेको उक्त बिरोध प्रदर्शनमा प्रदर्शनकारीले ‘देश बेच्न पाईंदैन एमसीसी चाहिँदैन, भूमि बेच्न पाईंदैन, नो एमसीसी’ लगायत नाराबाजी गरेका थिए ।

 

 

वि.सं.२०७८ फागुन ८ आइतवार २१:१५ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...