back
CTIZAN AD

कोका–कोला ‘जिरो सुगर’को स्वादमा बजारमा

वि.सं.२०७८ फागुन ८ आइतवार

792 

shares

काठमाडौं । कोका–कोला नेपालले नयाँँ कोका–कोला ‘जिरो सुगर’को स्वादमा बजारमा ल्याएको छ ।

आइकोनिक क्लासिक कोकको जस्तै स्वादमा नयाँँ कोका–कोला जिरोे सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा ल्याएको कम्पनीले जानकारी दिएको छ ।

अब नेपाली उपभोक्ताले ‘नो क्यालोरी र जिरोे सुगर’ कोका–कोला प्रयोग गर्नसक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले भनेको छ, ‘नो सुगर पेयपदार्थ रुचाउने तर क्यालोरी नियन्त्रण गर्न चाहनेहरूका लागि यो उपयुक्त हुन्छ ।’

व्यापक बजार परीक्षण र इन–हाउस इनोभेसनमार्फत बजारमा ल्याइएको कोका–कोला जिरोे सुगर अझै सानदार प्याकेजिङ र उत्कृष्ट स्वादको साथमा आएको कम्पनीको दावी छ । सन् २००५ मा विश्वव्यापी रुपमा लन्च गरिएको कोका–कोला जिरोे सुगरलाई कोका–कोला क्लासिकको जस्तै स्वाद दिनका लागि सन् २०१७ मा रिफर्मुलेट गरिएको र नेपालमा यो २०१६ नोभेम्बरमा पहिलोपल्ट लन्च भएको कम्पनीले जनाएको छ ।

कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने– ‘नयाँँ स्वाद र नयाँ प्याकेजिङसहितको कोका–कोला जिरोे सुगरलाई विश्वकै उपभोक्ताले मन पराउनुभएको छ । यसलाई नेपालमा पनि उपलब्ध गराउन पाउँदा खुसी छौँ ।’
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले संसारभर अत्यन्त रुचाइएको कोका–कोला जिरोे सुगरलाई नेपाली उपभोक्ताले पनि मन पराउने विश्वास व्यक्त गरे । नयाँँ कोका–कोला जिरोे सुगर ५०० मिलि र २५० मिलिमा नेपालभर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ फागुन ८ आइतवार २१:३४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको...

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

काठमाडौं। नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपालले नेपाल...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको...