back
CTIZAN AD

टाटा मोटर्सको नयाँ शोरुम बनेपामा

वि.सं.२०७८ फागुन ८ आइतवार

900 

shares

काठमाडौं । टाटा मोटर्सले काभ्रेको बनेपामा आफ्नो नयाँ शोरुम आउटलेट सञ्चालनमा ल्याएको छ ।

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यही महिनादेखि सेवा पु¥याउने योजनासहित बनेपामा आफ्नो नयाँ शोरुम आउटलेट विस्तार गरेको हो ।

बनेपामा सञ्चालित नयाँ आउटलेटको बिक्रेताको रुपमा लक्ष्मी अटो रहेको छ जसका सञ्चालक सेवक बुढाथोकी हुन् । बनेपामा कम्पनीको यो पहिलो आउटलेट हो । यो सँगै नेपालभर टाटा मोटर्सको १९ वटा आउटलेट भएको जनाईको छ ।

अब बनेपामा रहेको आउटलेटबाट ग्राहक एवम् उपभोक्ताहरुले टाटा मोटर्सका साना गाडी सम्बन्धि परामर्श, खरिद तथा एक्स्चेंज सर्भिस जस्ता सुविधा लिन सक्नेछन् ।

उपभोक्ताहरुले यहाँबाट दक्ष प्राविधिकहरुमार्फत गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै गाडीको जेन्युन पार्टपुर्जाहरु पनि सहजै पाउने कम्पनीको भनाइ छ ।

बनेपाको नयाँ आउटलेटबाट बनेपालगायत वरिपरिका उपभोक्ताहरु लाभान्वित हुनेमा कम्पनी विश्वस्त रहेको जनाइएको छ ।

यसभन्दा अघि टाटा मोटर्सले काठमाडौं, चितवन, नवलपुर, कास्की, रुपन्देही, सिराहा, धनुषा, पर्सा, सर्लाही, झापा, सुन्सरी, दाङ, कैलाली, बाँके, मोरङ र मकवानपुरको विभिन्न ठाउँमा आउटलेटको बिस्तार गरिसकेको पनि कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ फागुन ८ आइतवार २१:३१ मा प्रकाशित

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

काठमाडौं। नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपालले नेपाल...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको...

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय र...

राजस्व विभागले आज बम्पर उपहार खोल्दै, कसले हात पार्ला त १० लाख ?

राजस्व विभागले आज बम्पर उपहार खोल्दै, कसले हात पार्ला त १० लाख ?

काठमाडौँ । आज (शुक्रबार) आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार...