back
CTIZAN AD

विद्युत् चुहावट १४ दशमलब ४५ प्रतिशतमा झर्यो

वि.सं.२०७८ फागुन ८ आइतवार

669 

shares

काठमाडौं । चालु आवको छ महिनामा विद्युत् चुहावट १४ दशमलब ४५ प्रतिशतमा झरेको छ ।

नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैर प्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७ दशमलब १८ प्रतिशतको चुहावटलाई चालु आवको पहिलो छ महिनामा २ दशमलब ७३ प्रतिशत विन्दुले घटाएर १४ दशमलब ४५ प्रतिशतमा सीमित गर्न सफल भएको हो ।

विद्युत् प्रसारण र वितरणतर्फसहित चालु आवको ६ महिनामा चुहावट १४ दशमलब ४५ प्रतिशतमा झरेको हो । प्रणाालीमा हुने चुहावटमध्ये सबैभन्दा बढी हिस्सा वितरणतर्फको हुन्छ । यस अवधिमा वितरणतर्फको चुहावट ९ दशमलब २३ प्रतिशत छ ।

प्राधिकरणले चालु आवमा विद्युत् चुहावट १५ दशमलब ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । चुहावट घटेकाले आम्दानी बढ्दा त्यसको परिणामस्वरुप प्राधिकरणको नाफा बढेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
उनले चुहावट नियन्त्रण अभियान प्रभावकारी रुपमा चलाइएको, सवस्टेशनको क्षमता बृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदम चाल्दाको परिणाम चुहावट नियन्त्रणमा देखिएको उल्लेख गरे ।

प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्र्ने, मिटर रिसिलिङ गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइरहेको छ । यसबाट सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने निकायको रुपमा प्राधिकरण स्थापित भएको छ ।

वि.सं.२०७८ फागुन ८ आइतवार २१:२६ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

काठमाडौं। नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपालले नेपाल...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको...

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय र...