back
CTIZAN AD

प्रचण्डको विरुद्वमा किन खनिइरहेका छन् बाबुराम ?

वि.सं.२०७८ फागुन ९ सोमवार

1K 

shares

काठमाडौं । केही साता अघि एक टेलिभिजनसँगको कुराकानीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसपाका नेता डा. बाबुराम भट्टराईले देखाएको व्यवहारप्रति गुनासो गरेका थिए । उनले “बाबुराम आफूविरुद्ध किन लागेको नबुझेको” बताएका थिए ।

प्रचण्डले आफुँविरुद्व बाबुराम लाग्न आवश्यक नभएको पनि बताएका थिए । बाबुरामप्रति प्रचण्डको अभिव्यक्ति आक्रोशभन्दा गुनासोपूर्णं थियो ।

एमसीसी पारित गर्नुपर्छ भन्दै सामाजिक सञ्जालमार्फत अभियान चलाएका बाबुरामले ‘प्रचण्डभन्दा ओली सही” भनि दिएको अभिव्यक्ति पनि निकै चर्चामा रह्यो । एक अनलाइन सञ्चार माध्यमसँगको कुराकानीमा उनले प्रचण्ड “व्यक्तिवादी र स्वार्थी” भएको बताउँदै ओली “अडान लिने र दोहोरो चरित्रको नभएको” बताएका थिए ।

तर, बाबुराम पछिल्लो केही सातादेखि निरन्तर प्रचण्डविरुद्व लागिरहेका छन् । उनले एमसीसीको विषयलाई जोडेर प्रचण्डको निकै आलोचना गरिरहेका छन् । एमसीसी पारित गर्नुपर्छ भन्दै सामाजिक सञ्जालमार्फत अभियान चलाएका बाबुरामले ‘प्रचण्डभन्दा ओली सही” भनि दिएको अभिव्यक्ति पनि निकै चर्चामा रह्यो ।

एक अनलाइन सञ्चार माध्यमसँगको कुराकानीमा उनले प्रचण्ड “व्यक्तिवादी र स्वार्थी” भएको बताउँदै ओली “अडान लिने र दोहोरो चरित्रको नभएको” बताएका थिए ।

बाबुरामले पछिल्लो समय सामाजिक सञ्जालमा प्रचण्ड विरोधी निरन्तर अभिव्यक्ति दिँदै आएका छन् । उनले प्रचण्डको विरोध गर्दै विभिन्न सञ्चार माध्यममा आएका समाचारलाई पनि शेयर गर्ने गरेका छन् ।

बाबुरामको पछिल्लो अभिव्यक्तिहरुलाई हेर्दा उनी प्रचण्ड बाहेकको गठबन्धन निर्माणको प्रयासमा देखिन्छन् । बाबुरामले ओलीसहित एमसीसी पक्षधरको सरकार बनाउनुपर्ने विचार व्यक्त गरिरहेका छन् ।

बाबुरामले एमसीसीलाई देखाएर प्रचण्ड र माधवकुमार नेपाल सत्ताबाट बाहिरिनु पर्ने पनि अभिव्यक्ति दिन थालेका छन् । बाबुरामको पछिल्लो अभिव्यक्तिहरुलाई हेर्दा उनी प्रचण्ड बाहेकको गठबन्धन निर्माणको प्रयासमा देखिन्छन् । बाबुरामले ओलीसहित एमसीसी पक्षधरको सरकार बनाउनुपर्ने विचार व्यक्त गरिरहेका छन् ।

बाबुराम कुनै बेला ओलीको कटु आलोचक थिए । उनले “ओली देशका लागि घातक” भएको पनि बताएका थिए । तर, पछिल्लो समय एमसीसीले धुव्रीकृत बनाएको राजनीतिमा उनले बोली फेर्न लागेका हुन् ।

वि.सं.२०७८ फागुन ९ सोमवार १५:३४ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...