back
CTIZAN AD

गुल्मी जिल्ला समाज युकेद्धारा गृह जिल्लाको आशा अपागं केन्द्रलाई २ लाख सहयोग

वि.सं.२०७८ फागुन ९ सोमवार

705 

shares

लण्डन । गुल्मी जिल्ला समाज यूकेले गृह जिल्लाको आशा अपागं केन्द्रलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । गत डिसेम्बरमा आयोजित अपांगता दिवस च्यारिटी कार्यक्रमबाट संकलित कोषबाट दुई लाख रुपैँया केन्द्रलाई प्रदान गरिएको समाजले जनाएको छ ।

गुल्मी जिल्ला समाज यूकेका पुर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार बिनोद ज्ञवालीले केन्द्रलाई २ लाख १ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम हस्तान्तरण गर्दै ज्ञवालीले संस्थाले निरन्तर गुल्मेलीहरुलाई सहयोग गरिरहेको बताए । ‘संस्थाले गुल्मीमा शिक्षा र स्वास्थ्यसँग जोडिने क्रियाकलाप र विपद् आइलाग्दा निरन्तर सहयोग गरिरहेको छ । समाजले प्रत्येक वर्ष आशा अपांग केन्द्रलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।,उनले भने ।’

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बिदेश बस्ने नेपालीको भावना जन्मभूमिसँग जोडिएकोले गुल्मी जिल्ला समाज यूकेले निरन्तर सहयोग गरिरहेको बताए । गुल्मीका हरेक क्रियाकलापहरुमा गुल्मी जिल्ला समाज यूके प्रत्यक्ष रुपमा जोडिएर सहयोग गरेको हुदा सबै प्रवासीसँग आफू र सिङ्गो गुल्मी आभार रहेको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

कार्यक्रममा नागरिक समाज गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेले आशा अपांग केन्द्रले अपांगता भएका ब्याक्तिको क्षेत्रमा उल्लेखनीय काम गरेकोले केन्द्रलाई सहयोग गर्न आवश्यक रहेको बताए । गुल्मी जिल्ला समाज यूकेले गरेको सहयोगको प्रशंसा गर्दै प्रवासमा रहने नेपालीलाई धन्यवाद दिए ।

कार्यक्रममा आशा अपांग केन्द्र गुल्मीकी उपाध्यक्ष गंगा रायमाझीले सहयोग गर्नेप्रति आभार ब्यक्त गर्दै स्वागत मन्तब्य राखेकी थिइन् । आशा अपांग केन्द्र गुल्मीका अध्यक्ष जनार्दन घिमिरेको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन केन्द्रका अमृत रसाइलीले गरेका थिए ।

आशा अपांग केन्द्र गुल्मीले अपांगता भएका व्याक्तिहरुको क्षेत्रमा काम गर्दै आएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे, गुल्मी जिल्ला समाज यूकेका पुर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार बिनोद ज्ञवाली, नेपाली सेना संग्राम सार्दुल गुल्म गुल्मीका सह–सेनानी दयाराम ढकाल, नागरिक समाज गुल्मीका गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डे, आशा अपांग केन्द्रका अध्यक्ष जनार्दन घिमिरे, उपाध्यक्ष गंगा रायमाझी र पत्रकार लगायतको सहभागीता रहेको थियो ।

गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष टोप पल्लीले संस्थामार्फत आर्थिक रकम जम्मा गरी सहयोग गर्ने कार्यसमितिका पदाधिकारी, सल्लाहकार एवम् सहयोगदाता सबैलाई उनले संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

डेढ दशकअघि स्थापित गुल्मी जिल्ला समाज यूकेले गृह जिल्ला र देशका विभिन्न स्थानमा परोपकारी काममा निकै सक्रिय भएर लाग्ने गरेको छ । समाजले गृह जिल्लामा एम्बुलेन्स वितरण, तम्घासको आशा अपांग केन्द्रलाई वर्षेनी आर्थिक सहयोगदेखि देशका विभिन्न क्षेत्रमा हुने विपत्तिमा सहायता गर्दै आईरहेको छ ।

 

वि.सं.२०७८ फागुन ९ सोमवार १५:०२ मा प्रकाशित

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...