back
CTIZAN AD

नक्कली मह बेचेको अभियोगमा पक्राउ परेका नरबहादुरको अर्को नक्कली कामको खुलासा

वि.सं.२०७८ फागुन १० मंगलवार

762 

shares

काठमाडौं । नक्कली मह बनाएर उपभोक्ता ठगी गर्दै आएको अभियोगमा पक्राउ परेका नरबहादुर श्रेष्ठले अखाद्य विस्कुट बनाएर बेच्ने गरेको खुलासा भएको छ ।

यसअघि स्पर्श मह नामक कम्पनीबाट नक्कली मह उत्पादन गर्दै आएको अवस्थामा पक्राउ परेका श्रेष्ठले ‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रा।लि।’ र ‘श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रा।लि।’ का नाममा अखाद्य विस्कुट बेच्दै आएको प्रहरीले फेला पारेको छ ।

ललितपुरको सुनाकोठीमा अखाद्य बस्तुहरुको उत्पादन एवं विक्रि वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा महाशाखाबाट खटिएको बिशेष टोलीले ललितपुर महानगरपालिका वडा नं। २७ सुनाकोठी, ओखटमा श्रेष्ठले संचालन गर्दै आएको कम्पनीमा छापा मारेर अखाद्य विस्कुट, कच्चा पदार्थ लगायतका सामग्रीहरु नष्ट गरेको छ ।

सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका वडा नं। १ का ४४ वर्षीय श्रेष्ठ काठमाडौं ज्याठामा बसेर नक्ली मह उत्पादन गरेको अभियोगमा पक्राउ परेका थिए । उनै श्रेष्ठले तीनवर्षदेखि अखाद्य विस्कुट उत्पादन गर्दै आएको खुलेको हो ।

श्रेष्ठले खाद्य तथा गुण नियन्त्रण बिभागबाट अनुमति समेत नलिएको श्रेष्ठको कम्पनीले म्याद नाघेका र बजारमा बिक्रि बितरण नभई फिर्ता भएका कुकिज बिस्कुट तथा सडेगलेका पाउरोटीहरुलाई पुनः धुलो बनाई कुकिज टोष्ट तथा अन्य बिस्कुटहरु बनाई बजारमा बिक्रिबितरण गर्दै आएका थिए ।

May be an image of 1 person

श्रेष्ठको कम्पनीले पुरानो म्याद नाघेका कुकिजहरुबाट पुनः बटर चकलेट, काजु कुकिज बनाई विक्रि वितरण गर्दै आएको, अत्यधिक सडेगलेका पाउरोटीहरुलाई सुकाएर पुनः कुकिज बिस्कुटहरु बनाई बेच्ने गरेको, म्याद नाघेका पाउरोटीलाई पुनः धुलो बनाई बजारमा क्रन्चि तथा चिकेन रोष्ट बनाउन प्रयोगमा ल्याएको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको छ ।

 

प्रहरीले स्थानीय जनप्रतिनिधि र खाद्य तथा गुण नियन्त्रण बिभागको रोहबरमा भेनेगर ५४ कार्टुन, चिनी ३० कार्टुन, क्रसर पाउडर ७ कार्टुन, सुप १० कार्टुन, अजिना मोटो ३८५ बोरा, बेकिङ पाउडर ९५ कार्टुन, कोका ३ कार्टुन, ईष्ट ४५ कार्टुन, सोया सस ६ कार्टुन, चिउरा ३८ वोरा, चकलेट पाउडर ४० बोरा, Tempor २० कार्टुन, Acetic Acid ७ ड्रम, Crofter पाउडर ७ कार्टुन लगायतका सामग्रीहरू नष्ट गरेको समेत बताएको छ ।

वि.सं.२०७८ फागुन १० मंगलवार १०:३४ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...