back
CTIZAN AD

जिल्ला छोड्दा अनिवार्य प्रजिअको अनुमति लिनुपर्ने

वि.सं.२०७८ फागुन १० मंगलवार

750 

shares

सिमकोट । जिल्लास्थित सरकारी कार्यालयका प्रमुखले जिल्ला छाड्नुपरे अनिवार्यरूपमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने भएको छ । कार्यालय प्रमुखहरू धेरै जनाले जिल्ला छाड्दा आफूखुशी जाने र गयलसमेत देखिएपछि हुम्ला जिल्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले उक्त निर्देशन दिएकी हुन् ।

हुम्लामा सरुवा भएर जिल्ला आएको पहिलो दिन नै कार्यालय प्रमुखहरूसँगको छलफल कार्यक्रममा प्रजिअ परियारले लिखितरूपमा कार्यालय प्रमुखले जिल्ला छाड्दा अनिवार्यरूपमा प्रजिअको अनुमति लिनुपर्ने निर्णय गराएकी छन् । निर्वाचन नजिकिएकाले पनि कर्मचारी विवरण माग्नुपर्ने, धेरै कार्यालय प्रमुख आफूखुसी जिल्ला छाड्ने, हाजिरीमासमेत धेरै गयल देखिएपछि यस्तो निर्णय गरिएको हो ।

जिल्लास्थित सबै सरकारी कार्यालयले कूल दरबन्दी सङ्ख्या, पदपूर्ति सङ्ख्या, रिक्त पद सङ्ख्या, करारमा रहेको विवरण खुल्ने गरी तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने, सरकारी कार्यालयका कार्यालय प्रमुख र सूचना अधिकारीले अनिवार्यरूपमा सरकारी नम्बर रहेको मोबाइल प्रयोग गर्नुपर्ने, कार्यालयको वेबसाइट र फेसबुक नियमित सञ्चालन गर्नुपर्ने र त्यसमा कार्यालयद्वारा सम्पादन गरिने गतिविधि अद्यावधिक गर्नुपर्ने, सबै कार्यालयले अनिवार्यरूपमा त्रैमासिकरूपमा तयार गरिएका गतिविधि सात दिनभित्र प्रशासनमा पेश गर्नुपर्ने समेत निर्देशनानुसार निर्णय भएको छ । जिल्लामा उपलब्ध कार्यालय प्रमुखहरूको छलफलमा सहभागिता थियो । प्रजिअ परियार सोमबार हुम्ला आइपुग्नु भएको हो ।
रासस

वि.सं.२०७८ फागुन १० मंगलवार १२:२० मा प्रकाशित

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...