back
CTIZAN AD

युक्रेन संकट चुलियो, विद्रोही नियन्त्रित क्षेत्रमा पुटिनले पठाए सेना

वि.सं.२०७८ फागुन १० मंगलवार

867 

shares

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी यूक्रेनको दुई वटा स्वतन्त्र क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै उक्त क्षेत्रमा शान्ति स्थापनाका लागि रुसी सेनालाई परिचालन हुन आदेश दिएका छन् । मंगलबार स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सकलाई स्वतन्त्र राज्य मान्दै पुटिनले यस्तो आदेश दिएका हुन् ।

विद्रोहीका पकड क्षेत्रका रुपमा रहेको उक्त क्षेत्रमा रुसी सेना जाने भएसँगै युक्रेन संकट थप चुलिएको छ ।

युक्रेनको पूर्वी क्षेत्रमा विद्रोहीले सरकारी सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका थिए ।

स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सकलाई स्वतन्त्र राज्य मान्ने रुसको पछिल्लो कदमसँगै उक्त क्षेत्रका विषयमा चलिरहेको शान्ती वार्ता अन्त्य भएको अमेरिकी तथा युरोपेली बुझाई छ । बीबीसीले बताएअनुसार रुसको उक्त कदमलाई अमेरिकाले अनपेक्षित भएको बताएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले ब्लिङ्कनले तथाकथित राज्यहरूको “स्वतन्त्रता”लाई रुसले मान्यता दिनु लज्जाजनक कार्य भएको टिप्पणी गरेका छन्। अमेरिकाले त्यसको निन्दा गरेको आफूले युक्रेनी विदेशमन्त्रीलाई बताएको कुरा उनले ट्विटरमा उल्लेख गरेका छन्।

यता राष्ट्रको नाममा सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले रुसी गणराज्यको कदमले आफ्नो देशको अखण्डता र सम्प्रभुताको उल्लङ्घन भएको बताएका छन् । उनले रुसले जस्तो सुकै टिप्पणी गरे पनि युक्रेनको अन्तर्राष्ट्रिय सीमा परिवर्तन नहुने बताए ।

रुसको कदमले शान्ति स्थापना गर्ने प्रयास र अन्तर्राष्ट्रिय वार्ताको विद्यमान प्रक्रियालाई ध्वस्त पारेको युक्रेनले जनाएको छ। जेलेन्स्कीले युक्रेनले शान्ति चाहेको र राजनीतिक तथा कूटनीतिक समाधानको समर्थन गर्ने बताए।

“हामी डराएका छैनौं”, आफ्नो राष्ट्र अन्तर्राष्ट्रिय साझेदारहरूबाट स्पष्ट अनि प्रभावकारी कदमहरूको पर्खाइमा रहेको बताउँदै उनले घोषणा गरे।

वि.सं.२०७८ फागुन १० मंगलवार १२:१६ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...