back
CTIZAN AD

नेपाली जनप्रगतिशील मन्च साइप्रसले पठायो एमसीसीको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

वि.सं.२०७८ फागुन १० मंगलवार

1K 

shares

साइप्रस । नेपाली जनप्रगतिशील मन्च साइप्रसले एमसीसी सम्झौतामा रहेका अपमानजनक शर्तहरु स्वीकार्य नभएको भन्दै नेपाली दूतावास इजरायल मार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएको छ ।

अमेरिकी सरकारबाट एमसीसीमार्फत् प्राप्त हुने अनुदान सहयोगका लागि खुला हुनुपर्ने मान्यता राख्दै यसबारेमा राष्ट्रिय सहमतिपछि मात्र अगाडि बढ्नुपर्ने ज्ञापनपत्रमा उल्लेखछ ।

‘यसअघि कुनैपनि मुलुकबाट प्राप्त अनुदान सहयोग बारे संसदबाटै त्यस्तो सहयोग लिनेबारे छलफल भएको थिएन । तर, यो सहयोगका लागि संसदबाट अनुमोदन गराउन खोज्दा पछि अन्य मुलुकबाट पनि अनुदान सहयोग लिँदा यसैको नजिर कायम हुने सम्भावना रहन्छ । त्यसमाथि यो सम्झौतामा उल्लेख कतिपय शर्तहरु सार्वभौम देशमाथिको चिथोमिचोको रुपमा रहेको हाम्रो संगठनको ठहरछ ।’ उक्त ज्ञापनपत्रमा भनिएको छ ।

मन्चले विगत लामो समयदेखि अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग सरहानिय रहेको र यस्तै चाहना अहिले पनि रहेको बताउँदै शर्तसहितको एमसीसी सहयोगमा मन्चको आपत्ति रहेको बताइएको छ ।

मन्चले बहुसंख्यक नेपाली जनता एमसीसी सहयोगको विरुद्धमा उभिएको बारे प्रधानमन्त्री जानकार रहेको बताउँदै प्रतिपक्षको निरन्तरको संसद अवरोधकाबीच एमसीसी सदनमा दर्ता भएपनि छलफलको सम्भावना नदेखिएको समेत ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

‘देश स्थानीय निर्वाचनमा प्रवेश गरिसकेको र त्यसपछिका अन्य निर्वाचन पनि हुने भएकाले यस्तो दुरगामी प्रभाव पार्ने प्रकारको सम्झौता हतारमा निर्णय गरिनु उचित हुँदैन । तर्सथ जनताले नचाहेको, यसअघिका अनुदानसहयोग बारे संसदमै प्रवेश नगरेको, शर्त सहितको सहयोग सम्झौता बिना संशोधन हुबहु अगाडि बढाउनु हुँदैन भन्ने हाम्रो मान्यतामा दृढ भएको जानकारी यसज्ञापनपत्र मार्फत् अनुरोध गर्न चाहान्छौं ।’ ज्ञापनपत्रमा भनिएको छ ।

No description available.

वि.सं.२०७८ फागुन १० मंगलवार १३:३७ मा प्रकाशित

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...