काठमाडौं । कलाकार जयनन्द लामाको निधन भएको छ ।
चर्चित लोकगायक समेत रहेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका २ धार्पाका लामाको बुधबार बिहान भक्तपुरको कौशलटारस्थित आफ्नै निवासमा निधन भएको हो ।
मंगलवार राति बौद्धबाट फर्किएका उनी घर अगाडि कारबाट झर्ने क्रममा लडेर मृत्यु भएको बताइएको छ ।
पाँच दशकदेखि गायन क्षेत्रमा चर्चित जयनन्दले २०३० सालमा मनको बाँध नामक फिल्मबाट अभिनय यात्रा सुरु गरेका थिए । उनी एकसय भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।
पछिल्लो समय पाँच दशकदेखि नै गायनयात्रामा सक्रिय रहेका जयनन्द लोकगीत, दोहोरी, गिती नाटक गरी २ सयभन्दा बढी गीत गाएका छन् । उनको कलकत्ते काइयो, मुलाको चाना,सलल पानी यै बस्यो बानी लगायतका गीत चर्चित छन् ।
उनी दिवंगत राजकुमार दिपेन्द्र शाहका संगीत प्रशिक्षक समेत रहेका थिए ।
वि.सं.२०७८ फागुन ११ बुधवार ०९:२७ मा प्रकाशित






























