back
CTIZAN AD

आफनै देशमा शरणार्थीको जस्तो जीवन विताउँदै

वि.सं.२०७८ फागुन ११ बुधवार

852 

shares

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुरमा शिविर बनाएर दुई दशकदेखि बस्दै आएका बासिन्दा आधारभूत सेवा सुविधाबाट वञ्चित भएका छन् । खानेपानी, औषधोपचार, शिक्षा लगायतका सेवाबाट शिविरका बासिन्दा वञ्चित भएका हुन । निकुञ्ज विस्तारका क्रममा विस्थापनमा परेका ९२ परिवार शिविरमा झोपडी बनाइ बस्दै आएका छन । सविकको पिपलाडी गाउँपालिका– १ र २ बाट अधिकांश परिवार विस्थापनमा परेका हुन् ।

स्थानीय तहको पुनः संरचनापछि पिपलाडी गाविस शुक्लाफाँटा नगरपालिकामा समाहित गरिएपछि निकुञ्जमा शिविर बनाएर बस्दै आएका बासिन्दाले स्थानीय तहबाट पाउने सेवा सुविधा पाउन छाडेका छन् ।

स्थानीय तहमा बसाइँसराइ, जन्मदर्ता, विवाह दर्तालगायतका प्रक्रियाबाटसमेत वञ्चित गरिँदै आएका निकुञ्जमा शिविर बनाएर बस्दै आएका बासिन्दाको भनाइ रहेको छ । नयाँ नागरिकता बनाउनसमेत नपाइएको शिविरका बासिन्दाको गुनासो छ ।

“आफनै देशमा शरणार्थीको जस्तो जीवन विताउँदै आएका छौँ”, नरबहादुर विष्टले भने, “बिरामी परँे अधिकांश परिवारसँग उपचार गर्ने पैसा हुदैन । रोग पालेर झोपडीमै पीडा सहेर बस्नुपर्ने अवस्था छ ।” युवा परिवारको खर्च धान्नका लागि भारत तर्फ लाग्ने भएकाले शिविरमा रहेका बुढापाका र महिला मात्रै रहने गरेका छन । शिविरमा कोही बिरामी परे स्वास्थ्य चौकी पु¥याउनसमेत सकिने अवस्था नरहेको उनले बताए ।

“शिविर नजिकैको बस्तीमा गतवर्ष नगरपालिकाले झुल बाँड्यो”, नरिभान ढुङगालले भने, “शिविरका बासिन्दालेसमेत झुलको माग ग¥यौं । अवैध बस्तीका बासिन्दाको आरोप लगाउँदै झुलनै दिइएन । गर्मीको मौसम सुरु हुनै लाग्दा लामखुट्टेका कारण झोपडीमा सुत्नै सकिदैन ।”

निकुञ्जकै केही जग्गामा यहाँ बसोबास गर्दै आएका बासिन्दाले खेतीसमेत गर्दै आएका छन् । बेमौसमी वर्षाका कारण निकुञ्जमा बासोबास गर्दै आएका बासिन्दालेसमेत धानखेतीमा क्षति व्यहोरेका छन् ।

“शुक्लाफाँटा नगरपालिकाकाले नगर क्षेत्रभित्रका क्षति पुगेका किसानको क्षतिपूर्तिका लागि लगत लिने कार्य गरेपनि शिविरका बासिन्दाको छुट्टै लगत लिएर फायल थन्क्याउने कार्य गरेको छ”, लक्षमण साउदले भने ।

“स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै राजनीतिक दलका नेता तथा कार्यकर्ता शिविरमा देखा पर्न थालेका छन । पाँच वर्षअघि तत्काल पुनः स्थापना गर्छौ भनेर मत मागेर विजयी भएकाहरु फर्केनन् । यस पटक पनि पुनः स्थापना तत्काल हुन्छ भनेर भन्न थालेका छन”, साउदले भने,“कसरी पत्याउने ।”

वि.सं.२०७८ फागुन ११ बुधवार १३:०९ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...