काठमाडौं । सभामुख अग्नि सापकोटाद्धारा आव्हान आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित भएको छ ।
बानेश्वर संसद भवनमा बसिरहेको समितिको बैठकमा प्रतिनिधिसभाको आज १ बजेको बैठकका कार्यसूचीका विषयमा छलफल भइरहेको बताइएको छ । उक्त बैठकमा एमाले अनुपस्थित भएको हो ।
विगत ६ महिनादेखि निरन्तर रुपमा संसद अवरोध गर्दै आएको नेकपा एमालेले यसअघिका कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बहिष्कार गर्दै आएको छ ।
आजको प्रतिनिधिसभाको बैठकमा आइतवार संसदमा टेवुल गरिएको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताबारे छलफल हुने संसद सचिवालयले यसअघि नै सूचना जारी गरिसकेको छ ।
वि.सं.२०७८ फागुन १२ बिहीवार १२:५६ मा प्रकाशित






























