काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा बानेश्वर परिसरमा वृहद जनप्रदर्शन भइरहेको छ ।
आइतवार सदनमा टेवुल भएको एमसीसी सम्झौता पारित नगर्न भन्दै प्रदर्शनकारीहरुले विभिन्न नारा लगाउँदै त्यसको विरोधमा उत्रिएका छन् ।

संसद भवन परिसरमा प्रदर्शनकारीहरु उत्रिएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
प्रदर्शनमा विभिन्न राजनीतिक दल, तीनका जनवर्गीय संगठन तथा स्वतस्फूतरुपमा नागरिकहरु उत्रिएका छन् ।

उनीहरुले सांसदहरुप्रति लक्षित गर्दै नेपाली जनताले उनीहरुलाई राष्ट्रघाती कामगर्नका लागि नभएर राष्ट्रको हितका लागि चुनेर संसद भवनमा पठाएको भन्दै आक्रोश व्यक्त समेत गरेका छन् ।


वि.सं.२०७८ फागुन १२ बिहीवार १३:४२ मा प्रकाशित






























