back
CTIZAN AD

पूर्वी यूक्रेनको ग्रामीण क्षेत्रमा कब्जा जमाउँदै रुसी सेना

वि.सं.२०७८ फागुन १२ बिहीवार

813 

shares

काठमाडौं । रुसले यूक्रनेमाथि आक्रमण शुरु गरेको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको घोषणासँगै रुसी सेनाले बिहीबार बिहानदेखि यूक्रेनमाथि आक्रमण शुरु गरेको हो ।

यूक्रेनी सरकारी अधिकारीलाई उल्लेख गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार रुसी आक्रमणमा परि हालसम्म ८ जना यूक्रेनी नागरिकको मृत्यु भएको छ । यूक्रेनी अधिकारीहरुले रुसले आक्रमण गरेका स्थानको अवस्था यकिन नभएको कारण थप मृत्युको खबर आउनसक्ने बताएका छन् ।

कतिपय सैन्य अड्डा सम्पर्क बिहीन अवस्थामा भएको कारण मृत्युको संख्या बढ्न सक्ने बताइएको छ ।

यसैबीच, यूक्रेनले ६ रुसी फाइटर खसालेको दाबी गरेको छ । आफ्नो सुरक्षा क्षेत्रभित्र प्रवेश गरेका रुसी फाइटरलाई खसालेको यूक्रेनी सेनाका अधिकारीले बताएका छन् । तथापी यकिनपूर्वक भन्न सकिने अवस्था नरहेको सञ्चार माध्यमले जनाएका छन् ।

यूक्रेनको पूर्वी क्षेत्र रुसद्धारा कब्जा

सञ्चार माध्यमले जनाएअनुसार रुसले यूक्रेनको पूर्वी क्षेत्रका कयौं क्षेत्र कब्जामा लिएको छ । शहरबाट फायर खोलेको रुसले गाउँमा शिलशिलेबार कब्जा जमाएको छ।

सञ्चार माध्यमले जनाएअनुसार रुसले तीन तर्फबाट यूक्रनेमाथि आक्रमण गरिरहेको छ ।

सम्बन्धित समाचार

यूक्रेनमाथि रूसले खोल्यो ‘फायर’, एकै पटक थुप्रै सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

पुटिनले घोषणा गरेको ५ मिनेटमै यूक्रेनमाथि १२ मिसाइल

वि.सं.२०७८ फागुन १२ बिहीवार १३:३७ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...