back
CTIZAN AD

वर्षायाममा भारतले ८०० मेगावाट विद्युत् खरिद गर्ने सहमति

वि.सं.२०७८ फागुन १२ बिहीवार

921 

shares

काठमाडौं । वर्षायाममा नेपालबाट भारतले ८ सय मेगावाट विद्युत् खरिद गर्ने भएको छ । काठमाडौंमा भएको नेपाल–भारत सचिव स्तरिय नवौं उर्जा बैठकमा वर्षायाममा नेपालबाट थप विद्युत् आयात गर्न भारत सकरात्मक भएको हो ।

वर्षायामको प्रारम्भ हुनु अगावै ८ सय मेगावाट विद्युत् लैजान गरेको प्रस्तावमा भारतले ‘अन्तरदेशीय विद्युत व्यापारसम्बन्धी प्रचलित नियमअनुसार’ चाँडो स्वीकृति प्रदान गर्ने सहमति जनाएको छ ।

दिपक्षिय बैठकमा उर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव आलोक कुमारलगायतका पदाधिकारीहरु सम्मिलित थिए । बैठकले हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फर ४०० किलो भोल्ट प्रसारण लाइनबाट आयात निर्यात भइरहेको विद्युत् क्षमतालाई ३५० मेगावाटबाट बढाएर ६०० मेगावाट पुर्याउने निर्णय समेत गरेको मन्त्रालयले जनाएको छ । साथै, हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलो भोल्ट प्रसारण लाइन सन् २०२३ को डिसेम्बरमा सम्पन्न भएपछि उक्त प्रसारण लाइनबाट आयात निर्यात गर्न विद्युत्को क्षमतालाई थप बढाउने समेत सहमति बैठकले गरेको छ ।

नेपालको तर्फबाट माथिल्लो तामाकोसी सहित विभिन्न आठवटा आयोजनाको विद्युत् खरिद गर्न प्रस्ताव गरिएको थियो ।

नेपालको सो प्रस्तावमा भारत सहमत भएको हो । वर्षायाममा खेर जाने विद्युत् लैजान भारत सहमत भएको उर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले बताएका छन् । भारतले यसअघि दुई आयोजना (गण्डक र त्रिशुली) को कुल ३९ मेगावाट विद्युत खरिद गरेको थियो ।

नेपालको तर्फबाट विद्युत्को निकासीका लागि आवश्यकता अनुसारको प्रशारण लाईन निर्माण भइसकेका छैनन् । दिपक्षिय सचिव स्तरिय बैठकमा सकरात्मक सहमति भएपनि कार्यान्वयन गर्नको लागि त्यसलाई भारतको सेन्ट्रल इलेक्ट्रिससिटी अथोरीटी र सेन्ट्रल ट्रान्समिसन युटिलिटीले स्वीकृति दिनुपर्छ । स्वीकृति भएर विदेश मन्त्रालयमार्फत आएपछि मात्रै नेपालले विद्युत्को निर्यात प्रकृयालाई अगाडि बढाउन सक्नेछ ।

मन्त्रालयका अनुसार दोस्रो अन्तरदेशिय नयाँ बुटवल–गोखरपुर ४०० किलो भोल्ट प्रसारण लाइनको नेपाल खण्डका लागि आवश्यक लगानी सरकार आफैले व्यवस्था गर्ने संरचनाहरुका लागि आवश्यक लगानी तथा कार्यान्वयनको प्रारुपको हकमा विद्युत् प्राधिकरण र भारत सरकारको पावर ग्रीड कर्पोरेशन अफ इन्डिया लिमिटेडको संयुक्त उपक्रमको कम्पनी सन् २०२२ अप्रिलसम्ममा स्थापना गर्ने समेत निर्णय गरेको छ ।

मन्त्रालयका अनुसार दोस्रो अन्तरदेशिय नयाँ बुटवल–गोखरपुर ४०० किलो भोल्ट प्रसारण लाइनको नेपाल खण्डका लागि आवश्यक लगानी नेपाल सरकार आफैले तयार गर्ने कुरा बैठकमा राखिएको थियो । साथै बैठकले संरचनाहरुका लागि आवश्यक लगानी तथा कार्यान्वयनको प्रारुपको हकमा विद्युत् प्राधिकरण र भारत सरकारको पावर ग्रीड कर्पोरेशन अफ इन्डिया लिमिटेडको संयुक्त उपक्रमको कम्पनी सन् २०२२ अप्रिलसम्ममा स्थापना गर्ने समेत निर्णय गरेको छ ।

नेपाल र भारतबीच नवौ ऊर्जा सम्बन्धी बैठक बिहिबार काठमाडौंमा बिहिबार सम्पन्न भएको छ । बुधबार सहसचिवस्तरीय सयुक्त कार्यदल (जेडब्लुजी) बैठक बसेको थियो । उक्त बैठकले छलफल गरेका बिषयमा सचिवस्तरीय बैठकले अनुमोदन गरेको हो ।

वि.सं.२०७८ फागुन १२ बिहीवार २१:०९ मा प्रकाशित

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार...

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पु¥याउने...

रास्वपा कास्की सभापतिमा अधिकारी

रास्वपा कास्की सभापतिमा अधिकारी

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी...

परराष्ट्रमन्त्रीको भारत भ्रमण :  नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको...